ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छ : मन्त्री घिसिङ
जलसरोकार
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको कमजोर व्यवस्थापनले देशको समग्र अर्थतन्त्र र रोजगारीमा नकारात्मक असर परेको बताएका छन् ।
नेपाल पूर्वाधार पत्रकार समाजले ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सरकारी ठेक्का लिएर समयमा काम नसम्पन्न हुँदा राष्ट्र र जनतालाई प्रत्यक्ष घाटा पुगेको स्पष्ट गरेका हुन् ।
“ठेक्काअनुसार काम नहुँदा विकास निर्माणमा समस्या भएको छ । नेपालको कानुनले कुनै पनि काम ठेक्का विना गर्न दिँदैन । ठेक्का व्यवस्थापन नहुँदा रोजगारी र अर्थतन्त्रमा समेत असर पर्छ,” मन्त्री घिसिङले भने ।
उनले ठेक्का सम्पन्न भएपछि समयमा भुक्तानी रोक्ने, आवश्यक निर्णय नगर्ने जिम्मेवार पक्षहरूलाई समेत कारबाही दायरा भित्र ल्याउनुपर्ने आवश्यकता औँल्याए । ठेकेदारको कमजोरी मात्र नभई निर्णय प्रक्रियामा देखिने ढिलासुस्तीले पनि संरचनागत समस्या बढाएको उनको भनाइ थियो ।
मन्त्री घिसिङले वर्तमान अवस्थालाई ‘लगानी सम्मेलनभन्दा ठेकेदार सम्मेलन गर्नुपर्ने आवश्यकता परेको’ कठोर टिप्पणी गर्दै ठेक्का व्यवस्थापन प्रणालीलाई मजबुत बनाउनेतर्फ सरकार गम्भीर रहेको बताए ।
कार्यक्रमको सुरुआतमा पूर्वाधार विज्ञ तथा पूर्वसचिव अर्जुनजङ्ग थापाले ठेक्का तोड्ने सरकारी नीति, त्यसका कारण र प्रभावबारे विस्तृत प्रस्तुतीकरण दिएका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित
-
राष्ट्र बैंकलाई थप स्वायत्त र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले
-
निजी क्षेत्रको भरोसायोग्य ऊर्जा सहयात्री बन्न चाहन्छौँ : विद्युत् विकास विभाग