कुथेली बुखरी स्मल हाइड्रोपावरको वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं : कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको १३ औं वार्षिक साधारण सभा आज काठमाडौं ब्याङ्क्वेट, थापागाउँ, नयाँ बानेश्वरमा सम्पन्न भएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
त्यसै गरी सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नुको साथै निजको पारिश्रमिक समेत तोकिएको छ ।सभाले कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी बृद्धि गर्ने बारे र सोही बमोजिम कम्पनीको प्रबन्ध पत्रको दफा ६ (ग) मा संशोधन गर्ने, कम्पनीको थप परियोजनाको लागि बैंक वित्तीय संस्थाबाट थप ऋणको रकम लिने प्रस्ताव स्वीकृत गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका केही दफा/नियमहरुको संशोधन स्वीकृत गर्ने तथा उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायले फेरबदल, परिमार्जन वा संशोधन गर्न सुझाव वा निर्देशन दिएमा सोही अनुरुप आवश्यक फेरबदल, परिमार्जन वा संशोधन गर्न संचालक समितिलाई अधिकार दिने प्रस्ताव पारित गरेको छ ।
सभाबाट संचालक समितिमा सुजन कुमार श्रेष्ठ, नारायण बहादुर कार्की, सरोजकाजी श्रेष्ठ, सुमित्रा खरेल र नबीन माकाजु निर्वाचित भएका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता