सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

कुमारी बैंक र प्राइम कमर्सियल बैंक कारबाहीमा

जलसरोकार
सोमबार, कात्तिक २४, २०८२ | ११:४१:४३ बजे

 

काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन र निर्देशनको उल्लङ्घन गरेको भन्दै कुमारी बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकले दुबै बैंकलाई आवश्यक सचेतना पत्र पठाउँदै भविष्यमा यस्ता गल्ती पुनः नदोहर्याउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकका अनुसार, कुमारी बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशन व्यवस्थाको पालना नगरेको पाइएपछि सचेत गरिएको हो । निर्देशन अनुसार कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सूचीबाट फुकुवा नभएसम्म आफ्ना खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि प्रकारका बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था छ । तर, कुमारी बैंकले उक्त प्रावधानको उल्लङ्घन गरेको पाइएको राष्ट्र बैंकको निरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, प्राइम कमर्सियल बैंकले पनि राष्ट्र बैंकको निर्देशन विपरीत केही कर्जाहरूको वर्गीकरणमा त्रुटि गरेको भन्दै कारबाही गरिएको हो । निरीक्षणका क्रममा बैंकले कर्जाको भाखा नाघेको अवधिका आधारमा कर्जा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिका आधारमा नोक्सानी व्यवस्था कायम नगरेको र जोखिम भार गणनामा राष्ट्र बैंकको ‘क्यापिटल एडेक्वेसी फ्रेसवर्क–२०१५’ को पालना नगरेको पाइएको हो ।

यसका कारण राष्ट्र बैंकले प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरलाई सचेत गराएको छ ।

राष्ट्र बैंकले दुबै बैंकलाई नियामकीय मापदण्ड, एकीकृत निर्देशन र जोखिम व्यवस्थापन सम्बन्धी प्रावधानहरूको पूर्ण पालनामा जोड दिँदै आगामी निरीक्षणमा सुधार देखिनुपर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : सोमबार, कात्तिक २४, २०८२ | ११:४१:४३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया