आजको इजलासमा कुलमानको मुद्दा ‘हेर्न नमिल्ने’
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको सम्बन्धमा परेको रीट आज ‘हेर्न नमिल्ने’ मा परेको छ ।
कुलमान र प्राधिकरणमा हालै नियुक्त भएका हितेन्द्रदेव शाक्यको मुद्दा आज प्रधानन्यायाधीश प्रकाशनमान सिंह राउत र सारंगा सुवेदीको इजलासमा परेको थियो ।
शाक्यको मुद्दामा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले बहसका लागि वकालतनामा हालेका थिए । तर प्रधानन्यायाधीशकै इजलासमा परेकाले हेर्न नमिलेको सर्वाेच्चका प्रवक्ता अच्युत कुइँकेलले बताए ।
प्रधानन्यायाधीश राउत र वरिष्ठ अधिवक्ता अधिकारी कुनै बेलमा एउटै ‘ल फर्म’ मा काम गरेका कारण हेर्न नमिलेको हो ।
कुलमानले हालेको रिटमा पहिलो सुनुवाई गत शुक्रबार भएको थियो । न्यायाधीश अब्जुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश दिने÷नदिने सम्बन्धमा दुबै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्