आजको इजलासमा कुलमानको मुद्दा ‘हेर्न नमिल्ने’
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको सम्बन्धमा परेको रीट आज ‘हेर्न नमिल्ने’ मा परेको छ ।
कुलमान र प्राधिकरणमा हालै नियुक्त भएका हितेन्द्रदेव शाक्यको मुद्दा आज प्रधानन्यायाधीश प्रकाशनमान सिंह राउत र सारंगा सुवेदीको इजलासमा परेको थियो ।
शाक्यको मुद्दामा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले बहसका लागि वकालतनामा हालेका थिए । तर प्रधानन्यायाधीशकै इजलासमा परेकाले हेर्न नमिलेको सर्वाेच्चका प्रवक्ता अच्युत कुइँकेलले बताए ।
प्रधानन्यायाधीश राउत र वरिष्ठ अधिवक्ता अधिकारी कुनै बेलमा एउटै ‘ल फर्म’ मा काम गरेका कारण हेर्न नमिलेको हो ।
कुलमानले हालेको रिटमा पहिलो सुनुवाई गत शुक्रबार भएको थियो । न्यायाधीश अब्जुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश दिने÷नदिने सम्बन्धमा दुबै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव