बेलायत पुगेका कुलमानको आह्वान : “उज्यालो नेपाल अभियानमा प्रवासी नेपालीको साथ अपरिहार्य”
जलसरोकार
लन्डन : नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्रवासी नेपालीहरूलाई ‘उज्यालो नेपाल अभियान’ मा साथ दिन आग्रह गरेका छन् ।
लन्डन नजिकै केम्प्टन पार्कमा तमु धिं युकेले आयोजना गरेको १६औँ नेपाली मेलामा सम्बोधन गर्दै उनले बत्तीको उज्यालो मात्र नभई शिक्षा, स्वास्थ्य, अर्थतन्त्रलगायत सबै क्षेत्रमा प्रकाश फैलाउन यो अभियान सुरु गरिएको बताए । “देशलाई रूपान्तरण गर्ने अभियानमा तपाईंहरूको सघन सहयोग आवश्यक छ,” घिसिङले भने, ।
हालै खाडी मुलुक, अमेरिका र युरोप भ्रमणपछि बेलायत पुगेका उनले २०७२ सालको संविधानमा व्यवस्था भए पनि एनआरएन नागरिकताको कानुन अझै कार्यान्वयनमा आउन नसकेकोमा चिन्ता व्यक्त गरे । “थप ढिलाइ नगरी अब तत्काल कानुनी व्यवस्था गरेर कार्यान्वयनमा ल्याउनुपर्छ,” उनले जोड दिए ।
नेपाललाई विश्वभर सगरमाथा, बुद्ध र गोर्खाले चिनाएको स्मरण गर्दै उनले गोर्खा सैनिकहरूको जायज माग छिटो समाधान गर्न पनि आग्रह गरे । “एक पटकको नेपाली सधैं नेपाली” भन्ने भावनाअनुरूप वंशजको नागरिकताको निरन्तरतामा आफ्नो समर्थन रहेको उनले प्रस्ट पारे ।
प्रवासी नेपालीले पठाउने वैदेशिक मुद्राको प्रभावबारे भर्खरै गरिएको एक अध्ययन उल्लेख गर्दै उनले एक डलर रेमिट्यान्सले नेपालमा दुई डलरभन्दा बढी योगदान गर्ने निष्कर्ष आएको बताए । प्रवासी नेपालीहरू नेपालको ठूलो सम्पत्ति (एसेट) भएको उनको भनाइ थियो ।
त्यस्तै, घिसिङले नेपालमा लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिँदै “देशको रूपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहनुहोस्” भन्दै प्रवासी नेपालीहरूलाई सक्रिय भूमिकामा आउन आह्वान गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा