कुलमानले आफू लाेकप्रिय देखाउन यूट्यूब च्यानल परिचालन गरी सरकारी अर्बाैं रुपैयाँ खर्च गराएका छन् : महान्यायाधिवक्ता बडाल

काठमाडौं : महान्यायाधिवक्ता रमेश बडालले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो देवत्वकरण र लोकप्रियताका लागि यूट्यूव च्यानलहरुमा अर्बाैं रुपैयाँ प्राधिकरणबाट खर्च गराएको आरोप लगाएका छन् ।
सर्वाेच्च अदालतमा कुलमानले आफ्नो बर्खास्तीविरुद्ध दायर गरेको रिटमा सरकारको तर्फबाट वकालत गर्दै महान्यायाधिवक्ता बडालले भने, ‘यूट्यूब च्यानलमा कुलमानले गराएको सरकारी खर्चको हिसाब निकाल्दैछौ., निकालौला, त्यो रकम करोडमा होइन श्रीमान अर्बाैं रुपैयाँमा छ— परिचालन खर्च ।’
बडालले यसो भनिरहँदा इजलासका न्यायाधीश नित्यानन्द पाण्डेयले ‘यतातिर नजाऔं होला’ भनेका थिए ।
न्यायाधीश पाण्डेयको प्रतिवाद गर्दै महान्यायाधिवक्ता बडालले भने, ‘होइन श्रीमान्, राज्य प्रणालीमा बुझ्नु पर्ने कुरा हो, मान्छे किन देवत्वकरण हुँदो रहेछ भन्दाखेरी देवत्वकरण गर्ने तरिका हुँदो रहेछ । त्यसकारणले, त्यो तरिकाको कारणले गर्दा खेरी हामी यसमा उद्वेलित भइरराख्नुपर्ने अवस्था छैन ।’
बडाल यति मात्र सीमित भएनन्, उनले लोडसेडिङ अन्त्य कुलमान नगराएको जिकिर पनि ऊर्जा मन्त्री दीपक खड्काकै शैलीमा गरे । बडालले भारतबाट बिजुली आयात भएका कारण लाडसेडिङ अन्त्य भएको बताए ।
कुलमानले आफ्नो सात वर्षे कार्यकालमा ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता आफू अनुकूलको सरकार हुँदा पनि उठाउन नसकेका र अबको तीन महिनामा उठाउन नसक्ने पनि उल्लेख गरे । ‘सात वर्षमा उठाउन सक्नु भएन, अब तीन महिनामा के उठाउनुहुन्छ ?’ बडालले भने ।
बडालले अर्काे आरोप पनि लगाए । उनले नेपाल सरकारको अनुमति नलिइकन भारतसँग विद्युत् व्यापारको सम्झौता गरेको आरोप लगाए ।
हिजो सोही इजलासमा भएको बहसका क्रममा कुलमान पक्षका कानुन व्यवसायीले सरकारले २०७७ साउन ५ गते मन्त्रिपरिषद्बाट पारित गरेर प्राधिकरणका कार्यकारी निर्देशकलाई अख्तियारी दिइएको इजलासमै प्रमाण पेश गरेका थिए ।
कुलमानको रिटमाथि बुधबार पनि दिनभरि सुनुवाई भइरहेको छ । आज सरकारी वकीलसहित हितेन्द्रदेव शाक्यको पक्षबाट आठजना कानुन व्यवसायीले बहस गर्ने र बहस नसकिए आज पनि यो मुद्दा हेर्दाहेर्दैमा पुग्ने स्थिति छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
तीन दिनदेखि लगातार बढेको सेयर बजार मंगलबार कारोबार रकम पनि बढ्यो
-
खोलामा पर्याप्त पानी हुन थालेसँगै लमजुङका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
Reinvigorating the Bagmati River-What is Bagmati
-
२ हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’
-
अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच