निर्देशन मात्र होइन, कार्यान्वयन पनि, कमला पुलबाट देखिएको नयाँ राजनीतिक अभ्यास
जलसरोकार
काठमाडौं: उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले नयाँ राजनीतिक संस्कारमा भाषणभन्दा काम, बहानाभन्दा परिणाम र जवाफदेहिता अनिवार्य हुनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष घिसिङले तराई–मधेशको लाइफलाइनका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत सिराहा–धनुषा सीमामा पर्ने कमला नदीमा अस्थायी डाइभर्सन निर्माण भएको विषयलाई उदाहरणका रूपमा प्रस्तुत गरेका हुन् । “हामी भाषणमा होइन, काममा विश्वास गर्छौँ । हामी बहानामा होइन, परिणाममा विश्वास गर्छौँ,” उनले लेखेका छन् ।
मंसिर ५ गते कमला पुलको स्थलगत निरीक्षणका क्रममा १४ वर्षसम्म पुल निर्माण नहुँदा नागरिकले भोग्दै आएको सास्ती, जोखिमपूर्ण यात्रा तथा सवारीसाधनलाई लामो रुट प्रयोग गर्नुपर्ने बाध्यता देखिएको उनले स्मरण गरे । त्यसपछि ह्युमपाइप राखेर अस्थायी रूपमा आवत–जावतको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको र निर्देशन कार्यान्वयनमा समेत आएको उनको भनाइ छ ।
“निर्देशन मात्र दिइएन, कार्यान्वयन पनि गरियो,” पूर्व मन्त्री घिसिङले उल्लेख गरे । अस्थायी डाइभर्सन सञ्चालनमा आएपछि स्थानीय बासिन्दा र यात्रुहरूलाई ठूलो राहत पुगेको जानकारी पाउँदा आफूलाई खुशी लागेको पनि बताए ।
अध्यक्ष घिसिङका अनुसार १४ वर्षदेखि अलपत्र परेको ४६९ मिटर लम्बाइको कमला पुल अहिले निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । पुल निर्माण तथा पुनःस्थापनाको काम तत्काल अघि बढाउन, नियमित अनुगमन गर्न र काम सन्तोषजनक नभए ठेक्का तोड्ने स्पष्ट चेतावनी दिइएको उनले जानकारी दिए ।
“रुग्ण ठेक्का तोड्ने चेतावनी, कडा अनुगमन र सक्रिय हस्तक्षेपकै कारण आज कमला पुल सपना होइन, यथार्थ बन्दैछ,” उनले लेखेका छन् । उनका अनुसार यही नै नयाँ राजनीतिक संस्कार हो—काम, परिणाम र जवाफदेहिता ।
- पुल २०६८ सालतिर तीन वर्षमै सक्ने लक्ष्यसहित सुरु भएर पनि झन्डै १५ वर्षसम्म अधुरै रहेकाले वार्षिक/दीर्घकालीन रूपमा दुवै जिल्लाका सीमा–बस्तीहरू प्रभावित भएको थिए ।
- दैनिक आवतजावतमा डुंगा/फेरीको बाध्यता थियो, र स्थानीयदेखि टाढाटाढासम्मका सयौँ यात्रु (पैदल/मोटरसाइकल) ले डुंगाबाटै नदी तर्ने गरेका थिए ।
- सिराहा–धनुषातर्फका बिरामी/रेफरल केसहरूलाई स्वास्थ्य सेवासमेत प्रभावित भएका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम र सवारी आयातमा निर्भर, छ महिनामा रु १ खर्ब १६ अर्ब सङ्कलन
-
मनाङमा ३० मेगावाटको म्यार्दी जलविद्युत् आयोजना बन्ने
-
देशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना, तराईमा हुस्सु रहने पूर्वानुमान
-
आगामी आव २०८३/८४ को बजेट तयारी सुरु, चालू खर्च नियन्त्रणमा जोड
-
साताको पहिलो दिन सेयर बजार १०.२५ अंकले घट्यो
-
काठमाडौँ उपत्यकाको वायु प्रदूषण ‘अस्वस्थ’ तहमा