कुलमान घिसिङको स्पष्टीकरण : राष्ट्र र प्राधिकरणको हितमा गरिएको निर्णय, व्यक्तिगत स्वार्थ होइन
जलसरोकार
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी हिँउद ऋतुका लागि भारतीय कम्पनी पीटीसी इन्डियासँग गरिएको विद्युत् खरिद सम्झौताबारे विभिन्न भ्रम फैलिएको भन्दै स्पष्टीकरण दिएका छन् ।
सामाजिक सञ्जालमार्फत घिसिङले उक्त निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि नभई राष्ट्र र नेपाल विद्युत् प्राधिकरणको हितका लागि गरिएको बताएका छन् ।
मन्त्री घिसिङले लेखेका छन्,“यो निर्णय कुनै व्यक्तिको स्वार्थका लागि होइन, राष्ट्र र नेपाल विद्युत् प्राधिकरणको हितमा गरिएको हो । नदी प्रवाहमा आधारित हाम्रो प्रणालीले वर्षायाममा निर्यात र सुख्खायाममा केही परिमाणमा आयात आवश्यक पर्छ ।”
उनका अनुसार प्राधिकरणले पारदर्शी प्रक्रियाबाट सबैभन्दा सस्तो दरमा विद्युत् खरिदका लागि विद्युत् नियमन आयोगको स्वीकृति लिएर पीटीसीसँग सम्झौता गरेको हो ।
मन्त्री घिसिङले भनेका छन्, “विगत लामो समयको अध्ययनपछि सस्तो दरमा बेमौसमी विद्युत् खरिद गर्ने निर्णय गरेका छौं, जसले हिँउद ऋतुमा स्थिर आपूर्ति सुनिश्चित गर्छ र १० रुपैयाँ सम्मको महँगो विद्युत् आयात गर्नुपर्ने बाध्यता हटेको छ ।”
यदि यस्तो निर्णय नगरेको भए महँगो विकल्पमा जानुपर्ने र विद्युत् नपाउने जोखिम हुने उनले बताए । “यो निर्णय पूर्ण रूपमा राष्ट्र, प्राधिकरण र जनताको हितमा गरिएको हो, भ्रममा पर्नु आवश्यक छैन,” उनले भनेका छन् ।
नेपालको विद्युत् प्रणाली नदी प्रवाहमा आधारित भएकाले वर्षायाममा उत्पादन बढी र हिउँदमा कम हुने गर्दछ । हिउँदमा माग आपूर्तिभन्दा बढ्ने भएकाले प्राधिकरणले भारतबाट सीमित मात्रामा विद्युत् आयात गर्दै आएको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्