कुलमान घिसिङ र बेलायती सांसद एलेक्स बेकरबीच द्विपक्षीय सम्बन्ध र ऊर्जा क्षेत्रमा सहकार्यबारे छलफल
जलसरोकार
काठमाडौं : नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार बेलायतका सांसद तथा नेपालको लागि सर्वदलीय सांसद समूह (एपीपीजी) का नेता एलेक्स बेकरसँग भेटघाट गरी द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावनाबारे छलफल गरेका छन्।
भेटमा नेपाल-बेलायतबीचको ऐतिहासिक सम्बन्ध, नेपालको ऊर्जा क्षेत्रको विकास, हरित हाइड्रोजनको सम्भावना, जलवायु परिवर्तनले नेपालमा पारिरहेको प्रभाव र त्यसका सम्बन्धमा विश्वस्तरमा उठाउनुपर्ने मुद्दाहरू, बेलायती गोर्खा सेनाको पेन्सन विषय, नेपालको वर्तमान राजनीतिक अवस्था तथा ‘उज्यालो नेपाल’ अभियानका उद्देश्यसम्बन्धी विषयमा सौहार्दपूर्ण वार्ता भएको घिसिङले जनाएका छन्।
सांसद बेकरले नेपालका विविध विषयमा गहिरो चासो प्रकट गर्दै आवश्यक सहयोगका लागि प्रतिबद्धता जनाएका थिए। भेटमा द्विपक्षीय (G2G) गोर्खा मुद्दाका प्रमुख वार्ताकार तथा सचिव मेजर (सेवानिवृत्त) जुदबहादुर गुरुङ, एपीपीजी नेपालकी सचिव प्रेमिला भान ओमेन तामाङ र एल. एन. पाण्डे पनि उपस्थित थिए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्