निजगढमा कुलमान घिसिङलाई अभिनन्दन
जलसरोकार
बारा : नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई बाराको निजगढमा अभिनन्दन गरिएको छ । देश र जनताको हितमा समर्पित रही ऊर्जा क्षेत्रमा अभूतपूर्व सुधार गरेको भन्दै उज्यालो नेपाल अभियान निजगढले घिसिलाई अभिनन्दन गरेको हो ।
घिसिङको कुशल व्यवस्थापन र दूरदर्शी सोचका कारण विगतमा नेपालीले जनताले भोग्दै आएको लोडसेडिङ अन्त्य मात्र नभई देशको ऊर्जा सुरक्षामा महत्वपूर्ण प्रगति गरेको अभियानले जनाएको छ ।
‘घिसिङको परिश्रमले सम्पूर्ण नेपाली जनताको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको छ, यो कार्य स्मरणयोग्य रहेको छ, सक्षम व्यक्तिलाई कुनै पनि संस्थाको नेतृत्व गर्ने अवसर प्राप्त भएमा देश र जनताको हितमा उपलब्धिमूलक सेवा प्रवाह गर्न सकिन्छ भन्ने सन्देश दिएको छ, तपाईंको कार्यशैली नेपाली युवावर्गका लागि प्रेरणा स्रोतको रुपमा उदाहरणीय बनेको छ,’ अभियानले उल्लेख गरेको छ ।
कार्यक्रममा घिसिङले आफूले आर्जन गरेको सामाजिक सम्पत्तिलाई देश विकासमा उपयोग गर्ने बताए । उनले आफू जुन भूमिका रहेता पनि देशको विकासमै लागिरहने प्रतिबद्धता जनाए ।
यसअघि घिसिङलाई सर्लाहीमा पनि नागरिक अभिनन्दन गरिएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल–कोरिया ऊर्जा सहकार्य अब परियोजना र लगानीको चरणमा : इप्पान उपाध्यक्ष डाँगी
-
२८,५०० मेगावाट लक्ष्य हासिल गर्न कोरियाली लगानी अपरिहार्य : इप्पान अध्यक्ष कार्की
-
नेपाल-कोरिया ऊर्जा सहकार्य अब लगानीको चरणमा, कोरियाली निजी क्षेत्रलाई ‘रेड कार्पेट’
-
नेप्से ६.७४ अंकले घटेर २६०१ विन्दुमा, कारोबार रकम घट्यो
-
मन्त्री कुलमान घिसिङलाई स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ, अलपत्र आयोजना अघि बढाउने प्रतिबद्धता
-
सुनको भाउले बनायो नयाँ कीर्तिमान, प्रतितोला २ लाख ६० हजार नाघ्यो