निजगढमा कुलमान घिसिङलाई अभिनन्दन
जलसरोकार
बारा : नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई बाराको निजगढमा अभिनन्दन गरिएको छ । देश र जनताको हितमा समर्पित रही ऊर्जा क्षेत्रमा अभूतपूर्व सुधार गरेको भन्दै उज्यालो नेपाल अभियान निजगढले घिसिलाई अभिनन्दन गरेको हो ।
घिसिङको कुशल व्यवस्थापन र दूरदर्शी सोचका कारण विगतमा नेपालीले जनताले भोग्दै आएको लोडसेडिङ अन्त्य मात्र नभई देशको ऊर्जा सुरक्षामा महत्वपूर्ण प्रगति गरेको अभियानले जनाएको छ ।
‘घिसिङको परिश्रमले सम्पूर्ण नेपाली जनताको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको छ, यो कार्य स्मरणयोग्य रहेको छ, सक्षम व्यक्तिलाई कुनै पनि संस्थाको नेतृत्व गर्ने अवसर प्राप्त भएमा देश र जनताको हितमा उपलब्धिमूलक सेवा प्रवाह गर्न सकिन्छ भन्ने सन्देश दिएको छ, तपाईंको कार्यशैली नेपाली युवावर्गका लागि प्रेरणा स्रोतको रुपमा उदाहरणीय बनेको छ,’ अभियानले उल्लेख गरेको छ ।
कार्यक्रममा घिसिङले आफूले आर्जन गरेको सामाजिक सम्पत्तिलाई देश विकासमा उपयोग गर्ने बताए । उनले आफू जुन भूमिका रहेता पनि देशको विकासमै लागिरहने प्रतिबद्धता जनाए ।
यसअघि घिसिङलाई सर्लाहीमा पनि नागरिक अभिनन्दन गरिएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्