मध्यपूर्वी देशहरुमा रहेका नेपालीहरुसँग प्रत्यक्ष भेटघाट गरी दुखसुख साटासाट गर्न कुलमान घिसिङ प्रस्थान
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ मध्यपूर्वी देशहरुमा रहेका नेपालीहरुसँग प्रत्यक्ष भेटघाट गरी दुखसुख साटासाट गर्न आज बिहान प्रस्थान गरेका छन् ।
आगामी असार २९ गतेसम्म मध्यपूर्वी मुलुकहरु बहराइन, संयुक्त अरब इमिरेट्स, ओमान र कतारमा रहेका नेपालीहरुसँग भेटघाट गर्न जान लागेको जानकारी घिसिङले सामाजिक सञ्जालमार्फत दिएका छन् ।
मध्यपूर्वी देशहरुमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई सम्बोधन गर्दै घिसिङले भनेका छन्, ‘विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएको तपाईंहरुलाई म टाढाबाट होइन, नजिकबाट सम्झन आउँदै छु ।’

‘अहिले बहराइन, ओमान, युएई र कतारमा रहनु भएका तपाईंहरुको जीवन, संघर्ष र सपना बुझ्ने तथा मेरा अनुभवहरु साटासाट गर्ने प्रयासस्वरूप म यो भ्रमणमा निस्किएको हुँ,’ उनले लेखेका छन्, ‘ मैले बहराइनमा जुलाई २ देखि ४, युएईमा जुलाई ५ देखि ८, ओमानमा जुलाई ९ देखि १० र कतारमा जुलाई ११ देखि १३ सम्म तपाईसँग भेटघाट गर्दैछु ।’
मध्यपूर्वी देशहरुमा नेपालीहरुको संख्या करिब १६ लाख रहेकाे अनुमान छ ।
घिसिङले थप लेखेका छन्, ‘तपाईंहरूको दुःख, आत्मबल र योगदानको मूल्य शब्दले भन्न सकिन्न । म तपाईंहरूसँग प्रत्यक्ष भेटेर भोगाइ सुन्न, अनुभूति साझा गर्न र भावनात्मक रूपमा जोडिन चाहन्छु । तपाईंहरूले जे सहनु भएको छ, त्यसमा हामी सबैको जिम्मेवारी छ भन्ने भावनासहित तपाईंहरू सामु आउँदैछु ।’
उनले मध्यपूर्वी देशहरुमा रोजगारको सिलसिलामा रहेका नेपालीहरुलाई देशले सम्झिएको उल्लेख गर्दै भनेका छन्, ‘ तपाईंहरूको अभावमा पनि तपाईंहरूका घर, परिवार र देश तपाईंप्रति गर्व गर्छन् । जहाँ हुनुहुन्छ, सुरक्षित, अनुशासित र सकारात्मक रहनुहोस् । तपाईंहरूको माया, प्रेम, विश्वास, सुझाव, र साथ सधैं अमूल्य रहनेछ ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै