ग्यास अभावबीच स्वदेशी बिजुलीको खपत बढाउन कुलमानको सुझाव
घरायसी विद्युत्मा भ्याट हटाउन र सहुलियतमा इन्डक्सन चुल्हो वितरण गर्न सरकारसँग आग्रह
जलसरोकार
काठमाडौं : खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएपछि पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले स्वदेशी विद्युत्को खपत बढाउने तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गर्न सरकारसँग आग्रह गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले ग्यासको सहज आपूर्ति तत्काल सुनिश्चित गर्नुपर्ने बताए। साथै, ग्यास सिलिन्डरमा निर्भरता घटाउन घरायसी विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिनुपर्ने र सहुलियत दरमा इन्डक्सन चुल्हो वितरण गर्नुपर्ने सुझाव दिएका छन्।
घिसिङले नेपालमा उत्पादित विद्युत्को अधिकतम उपयोग गर्दै निर्यातलाई समेत प्रभावकारी बनाउन स्पष्ट योजना कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेका छन्। उनले नेपाल विद्युत् प्राधिकरणलाई सक्षम र प्रभावकारी संस्थाका रूपमा विकास गर्नुपर्नेमा पनि जोड दिएका छन्।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य