वरिपरि पानी नपरेर कुलेखानी जलाशय रित्तिन लाग्यो, अब २ मिटर मात्रै बाँकी (फोटो फिचरसहित)
जलसरोकार
काठमाडौं : यसपालि मध्य वर्षायाममा पनि कुलेखानी जलाशय भरिनु त कहाँ हो कहाँ यसको सतह न्यूनतम तहमा पुग्न थालेको छ । कुलेखानी जलाशयको न्यूनतम सतह १४९० मिटर हो ।
साउन महिनाको उत्तरार्धमा पुग्दा पनि कुलेखानी जलाशयमा पानीको सतह १४९२.७ मिटर रहेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले बताए ।
उनका अनुसार गत वर्ष आजकै समयमा कुलेखानीको जलाशय १५१३ मिटर पुगेको थियो । वर्षायाम सुरु भएयता यसपालि कुलेखानी आसपासमा क्षेत्रमा पानी नपरेको भट्टले जानकारी दिए ।
गत वर्षको साउन महिनामा परेको पानीले एकैदिन कुलेखानीको सतह १० मिटरले भरिएको थियो ।

भट्टका अनुसार कुलेखानी एकाध घण्टामात्र सञ्चालन हुँदै आएको छ । ‘भोल्टेजको लेभल मिलाउनका लागि मात्र कहिलेकाहीं चल्छ,’ उनले भने ।
कुलेखानी पहिलो (६० मेगावाट) त्यसको क्यासकेड दोस्रो (३२ मेगावाट) र त्यसको पनि क्यासकेड तेस्रो (१४ मेगावाट) को जलाशययुक्त जडित क्षमता छ ।
कुलेखानी जलाशयमा पानी जम्मा हुने अधिकतम सीमा समुद्र सतहबाट १५३० मिटर हो भने यसको न्यूनतम लेभल १४९० मिटर हो ।

कुलेखानी पूरै भरिंदा करिब ८५ लाख घनमिटर पानी जम्मा हुन्छ । पूर्ण जलाशयको तहमा पु¥याउँदा यसको सतहको क्षेत्रफल २२० हेक्टर हुन्छ । पूर्ण भरिंदा र न्यूनतम स्तरमा झर्दा बीचमा करिब ४० मिटरको पानीको उचाइ अन्तर हुन्छ ।


लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्