कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अन्तिम चरणमा
जलसरोकार
सुर्खेत : निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । यही माघ २० गतेभित्र लाइन चार्जिङ गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको आयोजना कार्यालयले जनाएको छ ।
आयोजना प्रमुख रवि चौधरीका अनुसार हाल करिब ५०० मिटर प्रसारण लाइनको तार तान्न बाँकी रहेको छ । छ वर्षअघि करिब रु ७० करोड लागतमा सुरु गरिएको उक्त आयोजनाको भौतिक प्रगति शतप्रतिशत पुगेको उनले जानकारी दिए ।
आयोजनाको परीक्षण कार्य आगामी एक साताभित्र सम्पन्न गरी १५ दिनभित्र विद्युत् प्रवाह सुरु गर्ने तयारी रहेको आयोजना प्रमुख चौधरीले बताए । प्रसारण लाइन सञ्चालनमा आएपछि कोहलपुर–सुर्खेत क्षेत्रको विद्युत् आपूर्ति थप भरपर्दो हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य