कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अन्तिम चरणमा
जलसरोकार
सुर्खेत : निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । यही माघ २० गतेभित्र लाइन चार्जिङ गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको आयोजना कार्यालयले जनाएको छ ।
आयोजना प्रमुख रवि चौधरीका अनुसार हाल करिब ५०० मिटर प्रसारण लाइनको तार तान्न बाँकी रहेको छ । छ वर्षअघि करिब रु ७० करोड लागतमा सुरु गरिएको उक्त आयोजनाको भौतिक प्रगति शतप्रतिशत पुगेको उनले जानकारी दिए ।
आयोजनाको परीक्षण कार्य आगामी एक साताभित्र सम्पन्न गरी १५ दिनभित्र विद्युत् प्रवाह सुरु गर्ने तयारी रहेको आयोजना प्रमुख चौधरीले बताए । प्रसारण लाइन सञ्चालनमा आएपछि कोहलपुर–सुर्खेत क्षेत्रको विद्युत् आपूर्ति थप भरपर्दो हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से परिसूचक घट्दा कारोबार रकम करिब नौ अर्बमा सीमित
-
एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक
-
सुनको मूल्यमा भारी उछाल, एकै दिन प्रतितोला १० हजार ४०० ले वृद्धि
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अन्तिम चरणमा
-
पिउने पानीको अभावले कुमाल बस्ती काकाकुल
-
जलसरोकार डटकम को दोस्रो वार्षिकत्सव २०८२ LIVE