तातोपानी नाका जोड्ने कोदारी राजमार्ग सञ्चालनमा
जलसरोकार
सिन्धुपाल्चोक: चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सोमबार दिउँसोदेखि सञ्चालनमा आएको छ । भोटेकोशी गाउँपालिका–२ को कोदारी, इर्कु लगायत पाँच स्थानमा पहिरो पन्छाएपछि सडक सुचारु भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीसहितको टोलीले स्थलगत अनुगमन गरी सडकको अवस्थाबारे जानकारी लिएको छ । टोलीले विशेष गरी पहिरोले सबैभन्दा बढी प्रभावित इर्कु क्षेत्रमा स्थानीय बासिन्दासँग छलफल गर्दै बस्तीको जोखिम न्यूनीकरण, सडकलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने प्राविधिक उपायलगायतका विषयमा परामर्श गरेको छ ।
चाडपर्वको मुखमा नाका बन्द हुँदा सामान ढुवानी अवरुद्ध भएको थियो । पहिरो हटाउने क्रममा स्थानीयले अवरोध गरेपछि मन्त्री घिसिङले गत बुधबार भोटेकोशी–२ का वडाध्यक्षसहितका स्थानीय अगुवाहरुलाई निवासमा बोलाएर सहयोग र सहजीकरण गर्न आग्रह गरेका थिए ।
सडक सञ्चालनमा आएसँगै तातोपानी नाकामा रोकिएका दशैंका लागि सामान ल्याएका सयौँ कन्टेनर आवतजावत गर्न थालेका छन्
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली