तातोपानी नाका जोड्ने कोदारी राजमार्ग सञ्चालनमा
जलसरोकार
सिन्धुपाल्चोक: चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सोमबार दिउँसोदेखि सञ्चालनमा आएको छ । भोटेकोशी गाउँपालिका–२ को कोदारी, इर्कु लगायत पाँच स्थानमा पहिरो पन्छाएपछि सडक सुचारु भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीसहितको टोलीले स्थलगत अनुगमन गरी सडकको अवस्थाबारे जानकारी लिएको छ । टोलीले विशेष गरी पहिरोले सबैभन्दा बढी प्रभावित इर्कु क्षेत्रमा स्थानीय बासिन्दासँग छलफल गर्दै बस्तीको जोखिम न्यूनीकरण, सडकलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने प्राविधिक उपायलगायतका विषयमा परामर्श गरेको छ ।
चाडपर्वको मुखमा नाका बन्द हुँदा सामान ढुवानी अवरुद्ध भएको थियो । पहिरो हटाउने क्रममा स्थानीयले अवरोध गरेपछि मन्त्री घिसिङले गत बुधबार भोटेकोशी–२ का वडाध्यक्षसहितका स्थानीय अगुवाहरुलाई निवासमा बोलाएर सहयोग र सहजीकरण गर्न आग्रह गरेका थिए ।
सडक सञ्चालनमा आएसँगै तातोपानी नाकामा रोकिएका दशैंका लागि सामान ल्याएका सयौँ कन्टेनर आवतजावत गर्न थालेका छन्
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य