खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण आज दिउँसो सवा एक बजे चार्ज
जलसरोकार
काठमाडौं : खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण आज दिउँसो सवा एक बजे चार्ज भएको छ ।
गत असोज १२ र १३ गतेको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको उक्त प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनर्स्थापना प्रणाली (Emergency Restoration System-ERS) टावर प्रयोग गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणका उपप्रबन्धक तथा टावर विज्ञ बलभद्र अधिकारीले जलसराेकारलाई बताए । उनै अधिकारीले यो टावरकाे डिजाइन गरेका हुन्
उक्त प्रसारण लाइनलाई औपचारिक तवरमा सञ्चालनमा ल्याउन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ पुगेका छन् ।
तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि ४ वटा टावरको तार (कन्डक्टर) मा पनि क्षति पुगेको थियो । टावर बगाएपछि उक्त लाइनबाट १३ असोजबाट विद्युत् प्रवाह बन्द थियो । यसबाट खिम्तीबाट काठमाडौं उपत्यकाको प्रसारण लाइन लिङ्क टुटेको थियो । उक्त लाइनबाट करिब २०० मेगावाट विद्युत् प्रवाह हुन्छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्