खानीखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन सुरु
जलसरोकार
काठमाडौं: खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज (मंगलबार)देखि हकप्रद सेयर निष्कासन सुरु गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर जारी गरेको हो । असार २६ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् ।
इक्रा नेपालले कम्पनीलाई ‘बी’ रेटिङ प्रदान गरेको छ । तर, हाल यो कम्पनी घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३ करोड ४९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । जसका कारण प्रतिसेयर आम्दानी ऋणात्मक ७.५१ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ हाल ७३ रुपैयाँ मात्र रहेको छ ।
बाढीका कारण उत्पादन संरचना क्षतिग्रस्त भएपछि कम्पनीका आयोजना बन्द अवस्थामा रहेका छन् । कम्पनीले ४.३६ मेगावाट क्षमताको टुंगुन–ठोस्ने र २ मेगावाट क्षमताको खानीखोला आयोजना सञ्चालन गर्दै आएको थियो । दुवै आयोजना क्षतिग्रस्त भए पनि संरचनाको मर्मत कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।
हाल कम्पनीको सेयर मूल्य नेप्सेमा प्रतिकित्ता २६८ रुपैयाँमा कारोबार भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य