काबेली-३ जलविद्युत आयोजना अन्तिम चरणमा, चैतको सुरुवातमै विद्युत उत्पादनको लक्ष्य
जलसरोकार
काठमाडौं : ताप्लेजुङस्थित २१.९३ मेगावाट क्षमताको काबेली–३ जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। आयोजनाबाट चैत महिनाको सुरुवातमै विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।
निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको र अधिकांश संरचनात्मक काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। परीक्षण तथा प्राविधिक तयारी पूरा भएसँगै आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।
काबेली–३ सञ्चालनमा आएपछि काबेली खोलामा आधारित अन्य सञ्चालनमा रहेका जलविद्युत आयोजनासँगै थप विद्युत आपूर्ति हुने अपेक्षा गरिएको छ। यसले राष्ट्रिय ऊर्जा प्रणालीमा योगदान पुर्याउनुका साथै स्थानीय स्तरमा रोजगारी र आर्थिक गतिविधि बढाउने विश्वास लिइएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्