सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

काबेली-३ जलविद्युत आयोजना अन्तिम चरणमा, चैतको सुरुवातमै विद्युत उत्पादनको लक्ष्य

जलसरोकार
आइतबार, मंसिर २८, २०८२ | १६:०२:०८ बजे

काठमाडौं : ताप्लेजुङस्थित २१.९३ मेगावाट क्षमताको काबेली–३ जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। आयोजनाबाट चैत महिनाको सुरुवातमै विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।

निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको र अधिकांश संरचनात्मक काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। परीक्षण तथा प्राविधिक तयारी पूरा भएसँगै आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

काबेली–३ सञ्चालनमा आएपछि काबेली खोलामा आधारित अन्य सञ्चालनमा रहेका जलविद्युत आयोजनासँगै थप विद्युत आपूर्ति हुने अपेक्षा गरिएको छ। यसले राष्ट्रिय ऊर्जा प्रणालीमा योगदान पुर्‍याउनुका साथै स्थानीय स्तरमा रोजगारी र आर्थिक गतिविधि बढाउने विश्वास लिइएको छ।

प्रकाशित मिति : आइतबार, मंसिर २८, २०८२ | १६:०२:०८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया