जल तथा मौसम विज्ञान विभागको महानिर्देशकमा जोशीलाई ल्याइयो
जलसरोकार
काठमाडौं, – जल तथा मौसम विज्ञान विभागका महानिर्देशक (डिजी)मा कमलराम जोशीलाई ल्याइएको छ ।
अघिल्ला महानिर्देशक डा. जगदिश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पठाएर मन्त्रालयका जल तथा मौसम महाशाखा प्रमुख कमलराम जोशीलाई विभागमा ल्याइएको हो ।
जोशी सोमबारदेखि नै विभागमा हाजिर भएका छन् । जोशीले पहिले पनि विभागको महानिर्देशक भएर काम गरिसकेका छन् ।
जोशीले २०५२ सालमा विद्युत् विकास विभागबाट हाइड्रोलोजिस्टको रुपमा सेवा प्रवेश गरेका थिए । २०६६ सालमा सिनियर डिभिजनल हाइइड्रोलोजिस्टको रुपमा उनी विभागमा जोडिएका थिए ।
२०७५ सालमा विभागको उपमहानिर्देशक बनेका जोशी २०७८ फागुनदेखि महानिर्देशक बनेका थिए ।
विभागमा १८ महिना बिताएपछि जोशीको सरुवा भएको थियो र जल तथा ऊर्जा आयोगमा रहेका डा. कर्माचार्य विभागमा महानिर्देशक बनेर आएका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्