गिलासको पानी फेरेझैं मन्त्रालयका सहसचिवहरु फेरिए, विद्युत् विकास विभागमा मण्डल
जलसरोकार
काठमाडौं : गिलासको पानी फेरेझैं ऊर्जामन्त्री दीपक खड्काले मन्त्रालय अन्तर्गतका विभिन्न निकायका सहसचिव, विभागीय प्रमुख तथा आयोजना प्रमुखहरुलाई दुई, दुई महिनामा सरुवा गर्दै आएका छन् ।
तीन महिनामा सिंचाई महानिर्देशक फेरेका मन्त्री खड्काले विद्युत् विकास विभागका महानिर्देशकलाई पनि एक वर्ष पुग्न नपाई पुनः हटाएका छन् । विभागका महानिर्देशक नबीन राज सिंहलाई शुक्रबार अपमानित ढंगले विद्युत् नियमन आयोगको सचिवमा सरुवा गरेका छन् ।
विभागका महानिर्देशकहरु फेरिंदा वा सरुवा गरिंदा सामान्यतया मन्त्रालयमा ल्याइने परम्परा तोड्दै मन्त्री खड्काले महानिर्देशक सिंहलाई आयोगको सचिवमा पठाएका हुन् ।
आयोगकी सचिव मनदेवी श्रेष्ठलाई भने विभागको वातावरणीय महाशाखाको उपमहानिर्देशकमा लगेका छन् । विभागको महानिर्देशकमा भने बूढीगण्डकी जलविद्युत् आयोजनाका सीइओ जीवछ मण्डललाई ल्याएका छन् ।
यसअघि विभागमा महानिर्देशक रहेका मण्डललाई हटाएर यिनै मन्त्री खड्काले सिंहलाई ल्याएका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्