जोहेनेस जुट्ट दक्षिण एसिया क्षेत्रका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त
जलसरोकार
नयाँ दिल्ली : विश्व बैंकले जोहेनेस जुट्टलाई दक्षिण एसिया क्षेत्रका लागि नयाँ उपाध्यक्ष नियुक्त गरेको छ । उनी मार्टिन राइजरको स्थान लिन लागेका छन् । उनको नियुक्ति सन् २०२५ जुलाई १ देखि लागू हुनेछ ।
विश्व बैंकले आज उसके मुख्यालयबाट जारी गरेको विज्ञप्तिअनुसार क्षेत्रीय उपाध्यक्षको रूपमा, जुट्टले बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलङ्कासँग विश्व बैंकका सम्बन्धहरू व्यवस्थापन गर्नेछन् । उनी ३९ अर्ब अमेरिकी डलर बराबरको परियोजना, प्राविधिक सहायता र वित्तीय स्रोतहरूको पोर्टफोलियोको निरीक्षण गर्ने बैंकले जनाएके ५ ।
बैंकका अनुसार उनको नेतृत्वमा विश्व बैंकले रोजगारी सिर्जना, जलवायु तथा विपद् प्रतिरोधात्मक क्षमता, मानव पूँजी विकास र निजी पूँजी परिचालन जस्ता महत्वपूर्ण क्षेत्रमा दक्षिण एसियालाई सहयोग जारी राख्नेछ ।
डच नागरिक श् जुट्ट सन् १९९९ मा विश्व बैंकमा आबद्ध भएका थिए र त्यसयता क्रमशः उच्च जिम्मेवारीहरू सम्हाल्दै आएका छन् । हालसालैसम्म उनी ब्राजिलका लागि देश निर्देशक थिए भने त्यसअघि अपरेशनल नीति तथा देश सेवासम्बन्धी उपाध्यक्षीय विभाग मा रणनीति, उपलब्धि, जोखिम तथा सिकाइ विभागका निर्देशक थिए ।
उनले बङ्गलादेश, भूटान, नेपाल, टर्की, कोमोरोस, इरिट्रिया, केन्या, रुवाण्डा, सेशेल्स र सोमालियाका लागि पनि देश निर्देशकको रूपमा सेवा प्रदान गरेका छन् ।
'दश वर्षअघि मैले यस क्षेत्रमा काम गरेपछि दक्षिण एसियाले हासिल गरेको बलियो विकास प्रगतिलाई देख्दा म अत्यन्त खुसी छु,' जुट्टले भने, 'यो क्षेत्रका जनताको आत्मीयता र सांस्कृतिक विविधता पुनः अनुभव गर्ने तथा विकासमा योगदान गर्ने यो नयाँ अवसरप्रति म उत्साहित छु ।'
जुट्टले टोरन्टो विश्वविद्यालयबाट दर्शनशास्त्रमा स्नातक र स्नातकोत्तर, हार्वर्ड विश्वविद्यालयबाट कानूनमा उपाधि र अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि गरेका छन् ।
विश्व बैंकको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने र सेवाग्राहीहरूसँगको नजिकको सम्बन्ध कायम गर्न गरेको विकेन्द्रीकरण रणनीतिअनुसार, जुट्ट भारतको नयाँ दिल्लीमा कार्यरत हुनेछन्, जुन दक्षिण एसिया क्षेत्रका लागि नयाँ क्षेत्रीय केन्द्रको रूपमा रहनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा