झापा इनर्जीको आईपीओ आजदेखि खुला
जलसरोकार
काठमाडौं : झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । शुक्रबारदेखि आवेदन खुला भएको यस आईपीओअन्तर्गत ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
यसअघि आयोजना प्रभावित स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट भइसकेको छ । कम्पनीको कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँ रहेको छ ।
हिमालयन क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको भूमिका निर्वाह गरिरहेको छ । न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यसमा भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
इक्रा नेपालले कम्पनीलाई बी माइनस (द्य–) रेटिङ प्रदान गरेको छ । गत आर्थिक वर्ष चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक ४ रुपैयाँ ७२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ४० पैसा मात्र रहेको छ । सो अवधिसम्म कम्पनीको सञ्चित नोक्सानी १ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले झापाको शिवसताक्षी नगरपालिकामा १० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजना निर्माण गरेको छ । आयोजनाको कुल लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब ८ करोड ७९ लाख रुपैयाँ बराबर पर्ने देखिन्छ ।
आयोजनाको अनुमतिपत्र बहाल अवधि अझै २२ वर्ष बाँकी छ । कम्पनीले इक्वीटीमा साधारण लगानी फिर्ता हुने अनुमानित अवधि करिब ९.५५ वर्ष हुने जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य