पाँच महिनामा ४ करोड ७० लाखभन्दा बढीको विद्युत् बेच्यो झापा इनर्जीले
जलसरोकार
झापा : सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पछिल्लो पाँच महिनामा रु चार करोड ७० लाख ९३ हजार ४९७ मूल्यबराबरको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका अनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मङ्सिर मसान्तसम्म कम्पनीले ६५ लाख २१ हजार २६० युनिट सौर्य विद्युत् उत्पादन गरेको हो ।
शिवसताक्षी नगरपालिका–४, बुलुचोकमा रहेको झापा इनर्जीको १० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजना हाल सञ्चालनमा छ । कम्पनीले उत्पादन गरेको विद्युत् प्राधिकरणले प्रति युनिट ७ रुपैयाँ ३० पैसाका दरले खरिद गर्दै आएको छ ।
झापा इनर्जीले २०८० माघ १० गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो। यसअघि २०७८ मङ्सिर १२ गते कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भएको थियो ।
परियोजनाका लागि बुलुचोक क्षेत्रमा २२ बिघा जग्गा खरिद गरी २१ हजार ६०० सौर्य प्यानल जडान गरिएको छ । परियोजनाबाट उत्पादित विद्युत् एक किलोमिटर दूरीभित्रै रहेको बुलुचोक सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
झापा इनर्जीले आर्थिक वर्ष २०८०/८१ मा रु पाँच करोड २८ लाख ८४ हजार ७७७ मूल्यको विद्युत् बिक्री गरेको थियो। त्यसैगरी २०८१/८२ मा बिक्री बढेर रु नौ करोड १० लाख ५९ हजार ४७५ पुगेको अध्यक्ष लिम्बूले जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य