बागमती सफा गर्न सामुदायिक नदीको अवधारणा अघि बढाउनु पर्ने सुझाव
जलसरोकार
सुन्दरीजल, काठमाडौँ : तीव्र शहरीकरण र प्रदूषणको चपेटामा परेका बागमती तथा अन्य नदीहरु पुनर्जीवित तुल्याउन ती नदीका खण्डहरु स्थानीय समुदायलाई हस्तान्तरण गर्नु पर्ने सुझाव अभियानकर्मीले दिएका छन्।
उनीहरुको भनाइमा बागमतीजस्ता संकटमा परेका नदी संरक्षण र व्यवस्थापनको जिम्मेवारी सामुदायिक वनहरुमा जस्तै सम्बन्धित क्षेत्रका स्थानीय समुदायलाई दिएमा उनीहरुले पनि नदीबाट आय आर्जन गर्दै नदीहरुको दिगो संरक्षणमा टेवा दिन सक्छ।
विश्व नदी दिवस २०२४ को अवसरमा शनिबार बागमतीको उद्गम क्षेत्र सुन्दरीजल नदी किनारमा आयोजित सफाइ तथा संवादमा बोल्दै नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले भ, ‘हामीले बागमती र अन्य नदी जोगाउने हो भने अब नदी संरक्षणको जिम्मेवारी स्थानीयवासीलाई दिने कानुनी व्यवस्था गर्नु पर्छ।’
उनले भने, ‘त्यसो गरेर उनीहरुले आआफ्नो क्षेत्रमा नदीलाई सफा राख्न र पर्यटकीय वा अन्य क्रियाकलाप गरेर सामुदायिक वनबाट जस्तै आय आर्जन गर्न सक्छन्।’
आले नेतृत्वको संस्थाले विगत २४ वर्षदेखि बागमतीमा डुंगा दौडाउने तथा सफाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ। राजधानीको मुटुबाट बग्ने बागमती किनारमा ३० भन्दा बढी हिन्दु तथा बौद्ध तीर्थस्थलहरु रहेका छन्।
तर बढ्दो जनसंख्याका कारण बागमती र त्यसका साखा नदीहरु शहरवासीले प्रशोधन नगरी विसर्जन गरेका ढलको नाल बोकेर बहन बाध्य छन् जसका कारण बागमतीको पानी जलचरका लागि समेत बाच्न मुस्किल हुने अवस्थामा पुगेर मृत प्राय भइसकेका छन्।
दाताको सहयोगमा विभिन्न स्थानमा प्रशोधन केन्द्र निर्माण भइरहे पनि ती पूरा हुन सकिरहेका छैनन् भने अर्कोतिर उपत्यकाको जनसंख्या तीव्र गतिमा बढिरहेको छ।
त्रिभुवन विश्वविद्यालयको वातावरण विभागका अध्येता दीपनारायण शाहका अनुसार पछिल्लो समय नदीमा फ्याकिएका प्लास्टिकले विकराल रुप लिएर माइक्रो अर्थात अती साना प्लास्टिक माछाहरुले समेत खाने क्रम डरलाग्दो भइसकेको पाइएको छ ।
विगत झन्डै ६०० हप्तादेखि बागमती सफाइमा जुटिरहेको सफाइ महाअभियानका सबै नगरवासीले आफ्नो घरघरबाटै सफाइ अभियान थालेर आफ्ना घर टोल सफा राख्ने अभियान थालेमात्रै बागमतीमा सफा पानी बहन संभव हुने बताए।
अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थाकी नेपाल प्रतिनिधी डा मनोहरा खड्काले नदीनालाको संरक्षण गरेमा मात्रै दिगो भविष्य संभव हुने बताउँदै बागमती सफाइ तथा सौन्दर्यीकरणका लागि तीनै तहका सरकार स्थानीयवासी र अभियानकर्मीहरुले साझा पहल थाल्नु पर्नेमा जोड दिइन्।
त्यस्तै कदम नेपालमा प्रदूषित हुन थालेका अन्य शहरी नदीमा चाल्न ढिलो गर्न नहुनेमा अभियानकर्मीहरुले जोड दिएका छन्।
बागमतीको किनारमै अवस्थित ओख्रेनी माध्यामिक विद्यालयका प्रधानाध्यापक देवराज भट्टराईले समुदायलाई अघि सारेरै बागमती र अन्य नदी सफा गर्ने अभियान थालनी गरेमा त्यसले राम्रो परिणाम दिने र नदीहरुको दिगो संरक्षण गर्न सकिनेमा जोड दिए।
सुन्दरीजल स्थित बिपि संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले शिवपुरी निकुञ्जभित्र पर्ने बागमतीको मुहान क्षेत्रसमेत प्रदूषित हुन थालेकोमा चिन्ता व्यक्त गरे। नेपाली कांग्रेसको वातावरण विभाग प्रमुख कल्याण गुरुङले पनि बागमती नदीको सफाइ तथा संरक्षण अभियानलाई बागमतीको मुहान रहेको वागद्वार क्षेत्रबाट थाल्न सबैजना एकजुट हुनु पर्नेमा जोड दिए।
आइतबार सेप्टेम्बर २२ मा संसारै भर विश्व नदी दिवस मनाउने कार्यक्रम छ। नेपालमा चाहिँ एक दिन अघि नै शनिबार मनाइएको कार्यक्रममा सुन्दरीजलको पुल नजिकै बागमती सफाइ गरिएको थियो जसमा ओख्रेनी माविका बालबालिकाले साथ दिएका थिए
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अब काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न 'सडक एम्बुलेन्स' सञ्चालनमा
-
एनएमबि बैंकलाई भिसा इन्टरनेशनलबाट ‘डिजिटल पेमेंट ग्रोथ अवार्ड’
-
ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी अध्यक्ष निर्वाचित
-
बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लिने
-
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
-
मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण, निर्माणमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी