सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

इसुवा इनर्जी र विक्रम बिष्टद्वारा विपद् राहत कोषमा १० लाख ५ सय ५५ सहयोग घोषणा

जलसरोकार
शुक्रबार, भदौ १२, २०८३ | १५:०९:५७ बजे

काठमाडौं : देशका विभिन्न क्षेत्रमा आएको अकल्पनीय बाढीपहिरोबाट ठूलो जनधनको क्षति भइरहेका बेला इसुवा इनर्जी र कम्पनीका तर्फबाट विक्रम बिष्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० लाख ५ सय ५५ सहयोग गर्ने घोषणा गरेका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का उपाध्यक्षसमेत रहेका बिष्टले इप्पानका अध्यक्षलाई सम्बोधन गर्दै विपद्को यस दुःखद् घडीमा मानवीय सहायताका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने घोषणा गरेका हुन्।

बिष्टले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आफ्नो कम्पनी र व्यक्तिगत तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

उनले आज गरेको घोषणामा विपद्का कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै यस्तो कठिन समयमा मानवीय सहयोग आवश्यक रहेको बताएका छन्।

ऊर्जा क्षेत्रमा सक्रिय निजी क्षेत्रका व्यवसायी तथा कम्पनीहरूले विपद्का बेला राहत कोषमा सहयोग घोषणा गर्ने क्रम बढिरहेका बेला इसुवा इनर्जी र बिष्टको यो घोषणा पनि त्यसैको निरन्तरता हो।

यसअघि पनि विभिन्न जलविद्युत् कम्पनी तथा ऊर्जा व्यवसायीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग उपलब्ध गराएका छन्। विपद्को समयमा निजी क्षेत्रबाट हुने यस्ता सहयोगले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : शुक्रबार, भदौ १२, २०८३ | १५:०९:५७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया