घिसिङले कार्यसम्पादन मूल्याङ्कन समयमै नबुझाउँदा शून्य अङ्क दिएको हो : ऊर्जा मन्त्री खड्का
जलसरोकार
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कानून भन्दा माथि नभएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खड्काले निर्देशक घिसिङले कार्यसम्पादन मूल्याङ्कन समयमै नबुझाएको कारणले शून्य अङ्क दिएको प्रष्टीकरण दिए ।
उनले भने, ‘हामीले पटक पटक माग्दा बेवास्ता गरियो । तर, पुसमा उहाँ आफैँले ९८.९९ प्रतिशत आएको छ भनेर मन्त्रालयलाई बुझाउनुभयो । यहाँ धेरै शिक्षक साथीहरू हुनहुन्छ, विद्यार्थी भएर आएकाहरू पनि हुनुहुन्छ, यदि विद्यार्थी परीक्षामा सहभागी हुँदैन भने कति नम्बर प्राप्त गर्नुहुन्छ ?’
उनले विपक्षीहरूलाई कुलमान किन कानुनभन्दा माथि छन्, कानुन लाग्दैन भन्ने कुरा संविधान लेख्नुप¥यो भन्दै जवाफ फर्काएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव