घिसिङले कार्यसम्पादन मूल्याङ्कन समयमै नबुझाउँदा शून्य अङ्क दिएको हो : ऊर्जा मन्त्री खड्का
जलसरोकार
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कानून भन्दा माथि नभएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खड्काले निर्देशक घिसिङले कार्यसम्पादन मूल्याङ्कन समयमै नबुझाएको कारणले शून्य अङ्क दिएको प्रष्टीकरण दिए ।
उनले भने, ‘हामीले पटक पटक माग्दा बेवास्ता गरियो । तर, पुसमा उहाँ आफैँले ९८.९९ प्रतिशत आएको छ भनेर मन्त्रालयलाई बुझाउनुभयो । यहाँ धेरै शिक्षक साथीहरू हुनहुन्छ, विद्यार्थी भएर आएकाहरू पनि हुनुहुन्छ, यदि विद्यार्थी परीक्षामा सहभागी हुँदैन भने कति नम्बर प्राप्त गर्नुहुन्छ ?’
उनले विपक्षीहरूलाई कुलमान किन कानुनभन्दा माथि छन्, कानुन लाग्दैन भन्ने कुरा संविधान लेख्नुप¥यो भन्दै जवाफ फर्काएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै