इप्पानको नयाँ कार्यसमितिद्वारा शपथ तथा पदभार ग्रहण, पुरानो नेतृत्वबाट जिम्मेवारी हस्तान्तरण (फोटो फिचर)
जलसरोकार
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवगठित कार्यसमितिले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभार ग्रहण गरेको छ । यससँगै निवर्तमान कार्यसमितिले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेको छ ।
२४औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट निर्वाचित अध्यक्ष मोहनकुमार डाँगीसहित पदाधिकारी तथा सदस्यहरूले आयोजित कार्यक्रममा शपथ ग्रहण गरेका हुन् । त्यसपछि निवर्तमान कार्यसमितिले नवगठित कार्यसमितिलाई पदभार हस्तान्तरण गरेको थियो ।
संस्थाको संशोधित विधानको धारा १५ को उपधारा १२ अनुसार डाँगी स्वतः अध्यक्षमा चयन भएका थिए भने वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी उपाध्यक्षमा उत्तमकुमार श्रेष्ठ, नरेन्द्र वल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक रहेका छन् । महासचिवमा टेकनाथ आचार्य (टी.एन. आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्वाचित भएका छन् ।
सचिव पदमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुँवरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा शंकर बस्याल रहेका छन् ।
त्यस्तै सदस्य खुलातर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कट्टेल, मिलन खड्का र वर्णन लामिछाने कार्यसमितिमा रहेका छन् ।
नयाँ कार्यसमितिले निजी ऊर्जा क्षेत्रका साझा मुद्दा, ऊर्जा उत्पादन विस्तार, लगानी प्रवर्द्धन तथा नीतिगत सुधारका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।







लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य