इप्पानले आज एक विज्ञप्ति जारी गरी लामो समय नेपाल विद्युत प्राधिकरणमा विद्युत व्यापार विभागको नेतृत्व सम्हालेर विद्युत उत्पादनमा सहभागी निजी क्षेत्रलाई नजिकबाट नियालेका र निजी क्षेत्रप्रति सधैं सकारात्मक धारणा राख्ने अधिकारीकोे नियुक्तिले निजी क्षेत्र उत्साहित भएको जनाएकाे हाे ।
काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका-९ घर भएका र इलेक्ट्रिकल इन्जिनियरिङमा स्नाकोत्तर (डिग्री) हासिल गरेका प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक अधिकारी नेपालको ऊर्जा क्षेत्रको नीतिगत र कार्यान्वयन तहका साथै आन्तरिक र वाह्य विद्युत बजार, ऊर्जा सुरक्षा र साइबर सुरक्षा तथा भूराजनीति र ऊर्जा कुटनीतिका ज्ञाता रहे को विज्ञप्तिमा छ ।
नीतिगत, कार्यगत लगायतका ऊर्जा क्षेत्रका समग्र विषयवस्तुका विज्ञ व्यक्तित्वलाई बरिष्ठ ऊर्जा विज्ञ नियुक्त गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल सरकारको मन्त्रिपरिषद तथा ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री दीपक खड्काप्रति इप्पानले धन्यावद ज्ञापन गरेको छ ।
‘नेपालमा निजी क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पुर्याएका अधिकारीको ऊर्जा मन्त्रालयमा भएको नियुक्तिपछि विद्युतमा निजी क्षेत्रको प्रवर्द्धन हुनुका साथै सहजीकरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास इप्पानले गरेको छ,’ विज्ञप्तिमा छ ।
विद्युत उत्पादनमार्फत ऊर्जा विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको निजी क्षेत्रको प्रवर्द्धनमा विद्युत उत्पादनतर्फ मात्र नभई प्रसारण तथा विद्युत व्यापारमा समेत निजी क्षेत्रको उल्लेख्य सहभागिता र भूमिका सुनिश्चित गराउन आवश्यक नीतिगत प्रबन्धका लागि अधिकारीको विज्ञता र अनुभवबाट नेपाल सरकारले ऊर्जा क्षेत्रमा परिणाममुखी हुने विश्वास व्यक्त गरेको छ ।
‘नेपाल सरकारको यस कदमको सराहना गर्दै सरकारको तर्फबाट गर्नुपर्ने पहलकदमीहरुका लागि समग्र ऊर्जा मन्त्रालयसँग सहकार्य र समन्वय गरी सँगसँगै हिड्न इप्पान तयार रहेको प्रतिवद्धता पनि यसै विज्ञप्तिमार्फत प्रकट गर्दछौ,’ विज्ञप्तिमा अगाडि भनिएको छ ।
सम्झौताको नौ वर्षपछि दोदा नदीमा पुल निर्माण
यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
चालू वर्षको नौ महिनामा ग्लोबल आईएमई बैंकको नाफा ४ अर्ब ५३ करोड
नौ महिनामा एनएमबी बैंकको नाफा ५.८ प्रतिशत बढ्यो
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने
विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा