ऊर्जा मन्त्रीमा कुलमान घिसिङ नियुक्त, इप्पानले व्यक्त गर्यो बधाई
जलसरोकार
काठमाडौं : अन्तरिम सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइसँगै भौतिक पूर्वाधार, यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङले सम्हालेसँगै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले हार्दिक बधाई ज्ञापन गरेको छ।
इप्पानका अध्यक्ष गणेश कार्की र महासचिव बलराम खतिवडाले सोमबार जारी गरेको विज्ञप्तिमा लामो समयदेखि ऊर्जा क्षेत्रमा सक्रिय रहँदै महत्वपूर्ण अनुभव र ज्ञान हासिल गरेका घिसिङ मन्त्री पदमा नियुक्त हुनु ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण अवसर भएको बताएका छन्। उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा घिसिङले पुर्याएको योगदान स्मरण गर्दै आगामी दिनमा पनि ऊर्जा विकासमा ठुलो उपलब्धि हासिल हुने अपेक्षा व्यक्त गरे।
घिसिङ २०७३ सालमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेपछि देशव्यापी लोडसेडिङ अन्त्य गर्दै ‘लाइट-अन’ अभियन्ताका रूपमा चर्चित बनेका थिए। प्राधिकरणमा दुई कार्यकाल पूरा गरेका उनले विद्युत आपूर्ति सुधार, प्रणाली विस्तार, उत्पादन प्रवर्द्धन र विद्युत व्यापारका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेका थिए।
“माननीय मन्त्रीज्यूको कार्यकाल नेपालको ऊर्जा क्षेत्रका लागि स्वर्णिम अध्याय सावित हुनेछ भन्ने हाम्रो विश्वास छ,” विज्ञप्तिमा उल्लेख छ। इप्पानले निजी क्षेत्रलाई अझ उत्साहित र उच्च मनोबलका साथ काम गर्ने वातावरण निर्माण हुने आशा समेत व्यक्त गरेको छ।
संगठनले विगतमा घिसिङसँग सहकार्य गर्दै ऊर्जा विकासमा हातेमालो गरेको अनुभव सुनाउँदै आगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै