विकास हाइड्रोपावर कम्पनीलाई आईपीआकोे स्वीकृति
जलसरोकार
काठमाडौं : विकास हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनका लागि स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले उक्त हाइड्रोपावर कम्पनीलाई ९० लाख ९१ हजार १३ कित्ता सेयर निष्कासनका लागि स्वीकृति दिएको छ ।
४९ प्रतिशत सेयर सर्वसाधारण समूहको र ५१ प्रतिशत सेयर संस्थापकको हुनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले सेयर निष्कासन गर्न लागेको हो ।
सर्वसाधारण समूहको कुल ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन हुने छ । बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले पहिले प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ निष्कासन गर्नेछ ।
यस कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौं–३ महाराजगन्जमा छ । कम्पनीले गोरखा जिल्लामा ४.५ मेगावाट क्षमताको माछाखोला हाइड्रोपावर आयोजना सञ्चालनमा ल्याएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य