बूढीगण्डकी जलविद्युत आयोजनाका लागि रु ५२ अर्ब ५० करोड लगानी जुट्यो
जलसरोकार
काठमाडौं: बूढीगण्डकी जलविद्युत आयोजनाका लागि आवश्यक लगानी जुटेको छ। कूल ३४१ मेगावाट क्षमताको आयोजना निर्माण गर्न टाइम्स इनर्जीले बैंक तथा वित्तीय संस्थासँग रु ५२ अर्ब ५० करोडको ऋण लगानीको सम्झौता गरेको हो ।
साहस ऊर्जा मुख्य प्रवद्र्धक रहेको टाइम्स इनर्जीले आयोजनाको कूल अनुमानित लागत रु ७० अर्बमध्ये २५ प्रतिशत अर्थात् रु १७ अर्ब ५० करोड स्वपुँजीका रूपमा लगानी गर्नेछ भने बाँकी ऋण १० वटा बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउनेछन् ।
सम्झौतापत्रमा टाइम्स इनर्जीका तर्फबाट सुशील थापा र बैंकहरूको तर्फबाट नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एनआईएमबीले रु १० अर्ब, नबिल र लक्ष्मी सनराइज बैंकले रु आठ–आठ अर्ब, ग्लोबल आइएमई बैंकले रु सात अर्ब, एचआइडिसिएल र माछापुच्छ«े बैंकले रु चार–चार अर्ब, सिटिजन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र प्रभु बैंकले रु तीन–तीन अर्ब, र कृषि विकास बैंकले रु दुई अर्ब ५० करोड ऋण लगानी गर्नेछन् । ऋण भुक्तानी अवधि पाँच वर्ष चार महिना तोकिएको छ ।
कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) पनि भइसकेको छ । सोअनुसार, वर्षायाममा प्रतियुनिट रु ४.८०, सामान्य सुक्खायाममा रु ८.४० र मुख्य सुक्खायाममा रु १०.५५ मा विद्युत् बिक्री गरिनेछ ।
समारोहमा कम्पनीले आउँदो भदौदेखि बाँध र पावरहाउस निर्माणका लागि जग्गा तयारी सुरु गर्ने र चैतबाट निर्माण कार्य प्रारम्भ गरिने जानकारी गराएको छ । आयोजनाबाट २०८७ साल पुस १५ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ ।
विद्युत् उत्पादनपछि ४५ किलोमिटर टाढा रहेको नुवाकोटको रातामाटे सबस्टेशनसम्म प्रसारण गरिनेछ, जुन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोगमा निर्माणाधीन अवस्थामा छ ।
गोरखाको चुमनुब्री–३ सल्लेरीमा बाँध निर्माण गरेर ६.९ किलोमिटर सुरुङमार्फत धार्चे गाउँपालिका–३ तातोपानीस्थित पावरहाउसमा पानी झारिनेछ ।
साहस ऊर्जा नेतृत्वमा रहेको टाइम्स इनर्जीले यसअघि ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ