बेतन–कर्णाली ४३९ मेगावाट जलविद्युत् परियोजनामा लगानी स्वीकृत, तल्लो अरुण र अरुण–३ सम्बन्धी बोर्डकाे महत्वपूर्ण निर्णय
जलसरोकार
काठमाडौं : लगानी बोर्डले बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजना (४३९ मेगावाट) का लागि रु ९३ अर्ब ४० करोड ७६ लाख ३६ हजार बराबरको लगानी स्वीकृत गर्ने तयारी गरेको छ । यसैसँग परियोजना विकास सम्झौता (एम्ब्) गर्न वार्ता समिति गठन गर्ने निर्णय गरिएको छ ।
प्रधानमन्त्री तथा लगानी बोर्ड अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बुधबार बसेको बोर्डको ६७ औँ बैठकले परियोजनालाई अघि बढाउने निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्ययोजना स्वीकृत गरेको छ । साथै, तल्लो अरुण जलविद्युत् परियोजना (६६९ मेगावाट) को उत्पादन अनुमतिपत्रको मस्यौदा स्वीकृत गरी अनुमतिपत्र जारी गर्न प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गरिएको छ ।
त्यस्तै, अरुण–३ जलविद्युत् परियोजना (९०० मेगावाट) को प्रत्यक्ष सम्झौता स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरिएको छ । पश्चिम सेती जलाशययुक्त जलविद्युत् परियोजना (८०० मेगावाट) को सर्वेक्षण अनुमतिपत्र म्याद थप गर्ने निर्णय पनि गरिएको छ ।
बैठकमा अटो सर्भिस इको–इन्डस्ट्रियल पार्क (अनुमानित लागत रु १६ अर्ब) परियोजना विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (म्एच्) तयारी गर्न समझदारी गर्दै सर्वेक्षण अनुमतिपत्र दिन प्रमुख कार्यकारी अधिकृतलाई अधिकार प्रदान गरिएको छ ।
लगानी बोर्डले सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ संशोधनको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने र २०८२/८३ का लागि आवश्यक सेवाका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा अर्थमन्त्री तथा बोर्ड उपाध्यक्ष रामेश्वरप्रसाद खनाल, ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङ, उद्योग मन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, तथा उच्च अधिकारीहरूको उपस्थिति थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला