विद्युतीय सामग्रीको अन्तराष्ट्रिय प्रदर्शनी हुँदै
जलसरोकार
काठमाडौं : नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तराष्ट्रिय प्रदर्शनी हुने भएको छ । आगामी भदौ २१, २२ र २३ गते काठमाडौँको भृकुटीमण्डपमा हुने यो प्रदर्शनीको तेस्रो संस्करण हे ।
मीडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया प्रा लि को संयुक्त आयोजनामा उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरु, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चार्जिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरुको सहभागिता रहनेछ ।
आयोजकका अनुसार आफनै मुलुकमा बढ्दो उत्पादित जलविद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलीकरण गर्दै एवं ऊर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्याउने उद्देश्य छ ।
विद्युतीय उपकरणहरुलाई प्रबर्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।
नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तराष्ट्रिय प्रदर्शनी अन्तर्गत दशैंको अवसर पारेर ग्राहकहरुले विभिन्न कम्पनीका विद्युतीय सामाग्रीहरु एकै ठाउँमा हेर्न तथा मन परेको सामान खरिद गर्न पाइनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल र भारतबीच अन्तर्देशीय प्रसारण लाइनहरुमा ऐतिहासिक सहमति
-
कार्बन व्यापारबाट ९ करोडभन्दा बढी आम्दानी, १० लाख घरधुरीलाई लाभ पुग्ने नयाँ कार्यक्रम सञ्चालनमा
-
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको उपलब्धी : देशभर ३७ लाखभन्दा बढी घरधुरीमा स्वच्छ ऊर्जाको सेवा
-
मन्त्री घिसिङद्वारा स्वच्छ ऊर्जा विस्तारमा केन्द्रको भूमिकाको प्रशंसा
-
सेयर बजार फेरि २६ सयभन्दा तल, नेप्से २५९५ अंकमा कायम
-
विद्युत् खपत बढाउन माग पक्ष सुधार उच्च प्राथमिकतामा : मन्त्री कुलमान घिसिङ