नबिल बैंकको एपमार्फत अन्तर्राष्ट्रिय इसीम र डीआइपी सेवा उपलब्ध गराउन सम्झौता
जलसरोकार
काठमाडौं — नबिल बैंकले आफ्नो मोबाइल एप nBank मार्फत अन्तर्राष्ट्रिय डेटा eSIM र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (IDP) सेवा उपलब्ध गराउने गरी Nimbuzzसँग सम्झौता गरेको छ।
सम्झौतापछि अब ग्राहकहरूले एपबाटै अन्तर्राष्ट्रिय डेटा प्लान खरिद गर्न सक्नेछन् र IDP को लागि समेत अनलाइन आवेदन दिन सक्नेछन्।
बैंकका अनुसार eSIM सेवा विश्वका २०० भन्दा बढी देशहरूमा उपलब्ध हुनेछ। यससँगै सेवा प्रयोगकर्ताले शारीरिक सिम कार्ड बिनै सहज रूपमा अन्तर्राष्ट्रिय डेटा सुविधा पाउनेछन्।
त्यस्तै, एक वैध नेपाली ड्राइभिङ लाइसेन्स अपलोड गरेर ग्राहकले एपमार्फतै अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटका लागि आवेदन दिन सक्नेछन्। १०० भन्दा बढी देशले मान्यता दिएको यो परमिट प्राप्त भएपछि नेपाली यात्रु तथा विदेशमा काम गर्ने व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय सवारीसाधन चलाउन झन् सहज हुनेछ।
नबिल बैंकले यो साझेदारीले आफ्नो डिजिटल सेवामा थप सुधार ल्याउने र ग्राहकलाई झनै सरल तथा सुविधाजनक सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा