नबिल बैंकको एपमार्फत अन्तर्राष्ट्रिय इसीम र डीआइपी सेवा उपलब्ध गराउन सम्झौता
जलसरोकार
काठमाडौं — नबिल बैंकले आफ्नो मोबाइल एप nBank मार्फत अन्तर्राष्ट्रिय डेटा eSIM र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (IDP) सेवा उपलब्ध गराउने गरी Nimbuzzसँग सम्झौता गरेको छ।
सम्झौतापछि अब ग्राहकहरूले एपबाटै अन्तर्राष्ट्रिय डेटा प्लान खरिद गर्न सक्नेछन् र IDP को लागि समेत अनलाइन आवेदन दिन सक्नेछन्।
बैंकका अनुसार eSIM सेवा विश्वका २०० भन्दा बढी देशहरूमा उपलब्ध हुनेछ। यससँगै सेवा प्रयोगकर्ताले शारीरिक सिम कार्ड बिनै सहज रूपमा अन्तर्राष्ट्रिय डेटा सुविधा पाउनेछन्।
त्यस्तै, एक वैध नेपाली ड्राइभिङ लाइसेन्स अपलोड गरेर ग्राहकले एपमार्फतै अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटका लागि आवेदन दिन सक्नेछन्। १०० भन्दा बढी देशले मान्यता दिएको यो परमिट प्राप्त भएपछि नेपाली यात्रु तथा विदेशमा काम गर्ने व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय सवारीसाधन चलाउन झन् सहज हुनेछ।
नबिल बैंकले यो साझेदारीले आफ्नो डिजिटल सेवामा थप सुधार ल्याउने र ग्राहकलाई झनै सरल तथा सुविधाजनक सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य