अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु
जलसरोकार
काठमाडौं : अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) सुरु गरेको छ ।
उक्त प्रणालीबाट फाइल स्वीकृत गरी अर्थमन्त्री रामेश्वर खनालले आज यसको औपचारिक शुभारम्भ गर्नुभयो । सरकारी निकायका कार्यलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउन तथा कागजरहित सरकारको अवधारणा कार्यान्वयन गर्न यो प्रणाली लागू गरिएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागद्वारा विकास गरिएको यस प्रणालीको प्रयोग अर्थ मन्त्रालयमा अनिवार्य गरिएको छ ।
अबदेखि तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापनलगायतका कार्य विद्युतीय माध्यम र विद्युतीय हस्ताक्षर प्रयोग गरेर मात्र सम्पादन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
मन्त्रालयका अनुसार यस प्रणालीको कार्यान्वयनले निर्णय प्रक्रियामा शिघ्रता, खर्चमा मितव्ययिता, कार्यप्रक्रियामा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य