जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान
जलसरोकार
दमौली, : निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहभित्र रोटर (विद्युतीय मोटर) जडान गरिएको छ । आयोजनाको चरण–२ अन्तर्गत भूमिगत विद्युत्गृहभित्र रोटर कार्य जडान सफल भएको हो ।
सिनो हाइड्रो लिमिटेडले एक सय ९० टन क्षमताका दुईवटा रोटर जडान गरेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनले भने,“सुरुङमार्फत आउने पानीले रोटरलाई हिर्काउँछ र रोटर घुमेर विद्युत् उत्पादन हुन्छ । विद्युत्गृहभित्रको काम अन्तिम चरणमा पुगेको छ । अब विद्युत्गृह सञ्चालनको तयारी अवस्थामा पुगेको छ ।”
जलविद्युत् आयोजनाको तीन चरणमा काम भइरहेको छ । भण्डारीका अनुसार चरण–१ अन्तर्गत बाँध निर्माणमा ३६.१५ प्रतिशत र चरण–३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७५ प्रतिशत प्रगति भएको छ । चरण–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा हटाउने कार्यमा ढिलाइ हुँदा काम प्रभावित भएको आयोजनाका प्रमुख भण्डारीले बताए । त्यसका लागि आयोजनाले सम्बन्धित निकायसँग आवश्यक परामर्श, समन्वय र सहजीकरण गरिरहेको उनले जानकारी दिए ।
आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापनलगायतमा कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर लाग्ने आयोजना कार्यालयले जनाएको छ ।
उक्त रकम एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल् विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपसँग जोडिँदै एनएमबी बैंक, अनलाइन बैंकिङ सेवा थप सहज हुने
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित