माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु
जलसरोकार
मुगु : मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ।
अर्धजलाशय प्रकृतिको उक्त आयोजना निजी क्षेत्रको एलिभेट इनर्जीले निर्माण गर्न लागेको हो। कम्पनीले आयोजनाको उत्पादन अनुमतिपत्र प्राप्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ। यसअघि कम्पनीले २०७७ सालमा आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको थियो।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन तथा सम्भाव्यता अध्ययन प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको छ। आयोजनाबाट वार्षिक औसत एक हजार ६२९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविन अर्यालका अनुसार सम्भाव्यता अध्ययनको पूर्ण प्रतिवेदन प्राप्त भएपछि आयोजनाको वास्तविक उत्पादन क्षमता यकिन हुनेछ। उनले आयोजनास्थलमा प्रारम्भिक कार्यहरू सम्पन्न भइसकेको र डिजाइन तथा हेडवर्क्ससम्बन्धी अध्ययन हाइड्रोल्याबमार्फत भइरहेको जानकारी दिए ।
आयोजनाको विद्युत्गृहमा चारवटा भर्टिकल एक्सिस पेल्टन टर्बाइन तथा जेनेरेटर जडान गरिनेछ। आयोजनाबाट उत्पादित विद्युत् ५५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत फुकोट हब सबस्टेशनमा जोडिने योजना रहेको छ।
कम्पनीले सन् २०३३ को अगस्टसम्म व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। आयोजनाको कुल लागत करिब ५५ अर्ब ३३ करोड रुपैयाँ रहने अनुमान गरिएको छ।
विद्युत् विकास विभागले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन तथा सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा सार्वजनिक सूचना जारी गर्दै आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनामा ठूलो क्षति, उद्धारलाई पहिलो प्राथमिकता दिन इप्पानको आग्रह
-
रसुवाको बाढीपछि ऊर्जा मन्त्रालय सक्रिय, उद्धार र पुनःस्थापनालाई पहिलो प्राथमिकता
-
रसुवा बाढीको असर शेयर बजारमा, जलविद्युत् कम्पनीको शेयरमूल्यमा उच्च गिरावट
-
भोटेकोशी–त्रिशूली बाढीले १९ पुल र ४० किलोमिटर सडकमा क्षति
-
रसुवामा भीषण बाढीको असर १३ जलविद्युत् आयोजनामा, ७४८ मेगावाट क्षमता प्रभावित
-
तिब्बतबाट आएको भोटेकोशी बाढीले विद्युत् प्रणालीमा ठूलो धक्का, ४३० मेगावाट बिजुली विच्छेद