डाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सकियो, उपकरण जडान अन्तिम चरणमा
जलसरोकार
म्याग्दी: जिल्लाको मालिका गाउँपालिका–७ डाँडाखेतमा नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाअन्तर्गत १३३/३३ केभी, ३० एमभिए क्षमताको एआइएस प्रविधियुक्त सवस्टेशनको पूर्वाधार निर्माण सकिएको छ । उपकरण जडान अन्तिम चरणमा पुगेको यस सवस्टेशनले म्याग्दी नदी र सहायक खोलाका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रीडमा पठाउनेछ ।
यो आयोजनामा २५ किमि लम्बाइको १३२ केभी डबल सर्किट प्रसारण लाइन र दुईवटा सवस्टेशन निर्माण भइरहेको छ । हालसम्म ७९.१७% भौतिक प्रगति भएको छ । राहुघाटमा २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको जिआइएस प्रविधियुक्त सवस्टेशनको संरचना निर्माण सुरु भएको छ ।
कूल लागत रु ४ अर्ब ८८ करोड रहेको यस आयोजनामा विद्युत् प्राधिकरणको रु १ अर्ब ५ करोड र एसियाली विकास बैंकको रु ३ अर्ब ८२ करोड लगानी छ । टावर निर्माणका लागि निजी तथा वन क्षेत्रको जग्गा खरिद÷मुआब्जा वितरण भइसकेको छ ।
राहुघाट क्षेत्रमा १७२.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना निर्माणाधीन छन्, जसमा केहीले परीक्षण उत्पादन सुरु गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा