डाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सकियो, उपकरण जडान अन्तिम चरणमा
जलसरोकार
म्याग्दी: जिल्लाको मालिका गाउँपालिका–७ डाँडाखेतमा नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाअन्तर्गत १३३/३३ केभी, ३० एमभिए क्षमताको एआइएस प्रविधियुक्त सवस्टेशनको पूर्वाधार निर्माण सकिएको छ । उपकरण जडान अन्तिम चरणमा पुगेको यस सवस्टेशनले म्याग्दी नदी र सहायक खोलाका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रीडमा पठाउनेछ ।
यो आयोजनामा २५ किमि लम्बाइको १३२ केभी डबल सर्किट प्रसारण लाइन र दुईवटा सवस्टेशन निर्माण भइरहेको छ । हालसम्म ७९.१७% भौतिक प्रगति भएको छ । राहुघाटमा २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको जिआइएस प्रविधियुक्त सवस्टेशनको संरचना निर्माण सुरु भएको छ ।
कूल लागत रु ४ अर्ब ८८ करोड रहेको यस आयोजनामा विद्युत् प्राधिकरणको रु १ अर्ब ५ करोड र एसियाली विकास बैंकको रु ३ अर्ब ८२ करोड लगानी छ । टावर निर्माणका लागि निजी तथा वन क्षेत्रको जग्गा खरिद÷मुआब्जा वितरण भइसकेको छ ।
राहुघाट क्षेत्रमा १७२.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना निर्माणाधीन छन्, जसमा केहीले परीक्षण उत्पादन सुरु गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै