डेडिकेटेड र ट्रंक लाइनको बक्यौतालाई उद्योगीले राजनीतिकरण गरे : कुलमान
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइनका उद्योगीहरुले सधैँ नै बक्यौता तिर्नेभन्दा पनि बक्यौतालाई विवादित बनाउने र राजनीतिकरण गर्ने काम गरिरहेको बताएका छन् ।
गत कात्तिक ८ गते लाइन काटिएका २८ उद्योगहरुको प्रशासनिक निर्णय (मन्त्रिपरिषद्) बाट पुनः जोडिएपछि आज पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।
उनले उद्योगीहरुले राजनीति गरेको उदाहरण पेश गर्दै भने, ‘किनकि जुन बेला लाइन काटिन्छ उद्योगी त्यसअघि जति पनि उत्पादन गरेका वस्तु बिक्री हुँदैन तबसम्म लाइन जोड्न यहाँ आउनु हुन्न ।’
‘१०÷१५ दिन भएपछि एउटा ह्याबोक (कहर) सिर्जना गर्नुहुन्छ । बेरोजगारी बढ्यो, देशको अर्थतन्त्र तहसनहस गरायो भनेर इमोसनल ब्ल्याकमेलिङ गर्नुहुन्छ । त्यसपछि सरकारले पनि बाध्य भएर केही न केही गरेको हुन्छ,’ उनले भने ।
जुन बेला १८ घण्टा लोडसेडिङ थियो, त्यसबेला सर्वसाधारणले भन्दा धेरै विद्युत प्रयोग गरेर उद्योगीहरुले सामान उत्पादन गरेको र फाइदा लिएको तरे अहिले आएर बक्यौता नतिरेको घिसिङले बताए ।
‘बिजुलीको लाइन काट्ने सूचना जारी गरेपछि उद्योगीहरुले चौबीसै घण्टा उद्योग चलाउने गर्छन् । टन्न मौज्दात राख्छन् र त्यो नसकुञ्जेल चूप लागेर बस्छन्,’ उनले भने, ‘जब स्टक सकिन्छ अनि राजनीतिक दलका नेताहरुकोमा पुग्छन् ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा