डेडिकेटेड र ट्रंक लाइनको बक्यौतालाई उद्योगीले राजनीतिकरण गरे : कुलमान
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइनका उद्योगीहरुले सधैँ नै बक्यौता तिर्नेभन्दा पनि बक्यौतालाई विवादित बनाउने र राजनीतिकरण गर्ने काम गरिरहेको बताएका छन् ।
गत कात्तिक ८ गते लाइन काटिएका २८ उद्योगहरुको प्रशासनिक निर्णय (मन्त्रिपरिषद्) बाट पुनः जोडिएपछि आज पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।
उनले उद्योगीहरुले राजनीति गरेको उदाहरण पेश गर्दै भने, ‘किनकि जुन बेला लाइन काटिन्छ उद्योगी त्यसअघि जति पनि उत्पादन गरेका वस्तु बिक्री हुँदैन तबसम्म लाइन जोड्न यहाँ आउनु हुन्न ।’
‘१०÷१५ दिन भएपछि एउटा ह्याबोक (कहर) सिर्जना गर्नुहुन्छ । बेरोजगारी बढ्यो, देशको अर्थतन्त्र तहसनहस गरायो भनेर इमोसनल ब्ल्याकमेलिङ गर्नुहुन्छ । त्यसपछि सरकारले पनि बाध्य भएर केही न केही गरेको हुन्छ,’ उनले भने ।
जुन बेला १८ घण्टा लोडसेडिङ थियो, त्यसबेला सर्वसाधारणले भन्दा धेरै विद्युत प्रयोग गरेर उद्योगीहरुले सामान उत्पादन गरेको र फाइदा लिएको तरे अहिले आएर बक्यौता नतिरेको घिसिङले बताए ।
‘बिजुलीको लाइन काट्ने सूचना जारी गरेपछि उद्योगीहरुले चौबीसै घण्टा उद्योग चलाउने गर्छन् । टन्न मौज्दात राख्छन् र त्यो नसकुञ्जेल चूप लागेर बस्छन्,’ उनले भने, ‘जब स्टक सकिन्छ अनि राजनीतिक दलका नेताहरुकोमा पुग्छन् ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिसो अत्यधिक बढेसँगै विद्युत् उत्पादनमा भारी कटौती
-
काबेली-३ जलविद्युत आयोजना अन्तिम चरणमा, चैतको सुरुवातमै विद्युत उत्पादनको लक्ष्य
-
सेयर बजार २६ सयभन्दा तल झर्यो, कारोबार रकम भने केही बढ्यो
-
काम अलपत्र पारे ठेक्का रद्द गरिने : मन्त्री घिसिङ
-
मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
-
हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?