सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

उद्योगी, समाजसेवी एवं गोयल ग्रुपका अध्यक्ष कैलाशचन्द्र गोयललाई मातृशोक

जलसरोकार
शनिबार, कात्तिक ०८, २०८३ | ०९:४५:११ बजे

काठमाडौं : झापाको बुधबारे मूल घर भएकी विमला देवी गोयलको ८१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। उनी गोयल ग्रुपका अध्यक्ष, वरिष्ठ उद्योगी एवं समाजसेवी कैलाशचन्द्र गोयलकी आमा तथा स्वर्गीय ओमप्रकाश गोयलकी धर्मपत्नी थिइन्।

स्वर्गीय ओमप्रकाश गोयल उद्योग तथा व्यवसायसँगै सामाजिक र परोपकारी कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वका रूपमा परिचित थिए। उनी नेपालमा पहिलोपटक एम्बुलेन्स दान गर्ने व्यक्तिका रूपमा स्मरण गरिन्छन‍।  समाज सेवामा पुर्‍याएको योगदानको कदरस्वरूप उनलाई मरणोपरान्त ‘प्रबल जनसेवाश्री’ पदकबाट सम्मानित गरिएको थियो। साथै, नेपाल सरकारले उनको सम्मानमा सन् २०२५ मा १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशन गरेको थियो।

यी सामाजिक तथा परोपकारी कार्यमा विमला देवी गोयल उहाँकी जीवनसंगिनीका रूपमा सधैँ साथमा  रहेकी थिइन्।  उनी पारिवारिक जीवनमा साथ दिनुका साथै स्वर्गीय ओमप्रकाश गोयलका सामाजिक कार्य तथा सेवामूलक यात्रामा सहयात्रीको भूमिका निर्वाह गरेकी थिइन्। 

स्वर्गीय विमला देवी गोयलका तीन छोरा र एक छोरी छन्। उनका नातिहरूमा अनुराग गोयल र चिराग गोयलसहित परिवारका अन्य नातिनातिना तथा सदस्यहरू छन्।

उनको निधनले गोयल परिवार, आफन्तजन तथा शुभेच्छुकहरूमा अपूरणीय क्षति पुगेको परिवारले जनाएको छ।  शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ।

प्रकाशित मिति : शनिबार, कात्तिक ०८, २०८३ | ०९:४५:११ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया