भारतका विद्युत्मन्त्री खट्टर आज नेपाल आउँदै, अरुण तेस्रो जलविद्युतको पावर हाउस र बाँध क्षेत्रको अवलोकन गर्ने
जलसरोकार
काठमाडौँ : भारत सरकारका विद्युत्मन्त्री मनोहरलाल खट्टर आज नेपाल आउँदैछन् । ऊर्र्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा दुई दिने भ्रमणका लागि नेपाल आउदैछन ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ ।
उर्जामन्त्री खड्कासँगै भारतका विद्युत्मन्त्री खट्टरले आज दिउँसो भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएका कोशी करिडोर २२० केभी प्रसारण लाईनअन्तर्गत ईनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन, २२०/१३३/३३ केभी तुम्लिङटार सवस्टेशन, २२०/३३ केभी बानेश्वर सवस्टेशन र २२०/१३३/३३ केभी बसन्तपुर सवस्टेशनको संयुक्त रुपमा संखुवासभाको तुम्लिङटार सवस्टेशनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उनले आजै भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्नेछन् । उक्त दिन दुई देशले संयुक्त रुपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।
बैशाख १० गते भोली भारतका विद्युत्मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ । उक्त दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको स्रोतले बताएको छ ।
विद्युत्मन्त्री खट्टरले सोहीदिन साँझ पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै