भारतीय विद्युत्मन्त्रीको मुक्तिनाथ दर्शनले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग : ऊर्जा मन्त्रालय
जलसरोकार
काठमाडौँ: भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको मुक्तिनाथ भ्रमणले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणमा यही वैशाख ९ गते दुई दिने नेपाल भ्रमणमा आउनु भएका खट्टर बुधबार मुक्तिनाथ दर्शनका लागि गएका थिए ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिरमा दर्शन गरेपछि ऊर्जामन्त्री खड्काले यो यात्राले नेपाल– भारतबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गरे । भारतीय विद्युत्मन्त्री खट्टरको मुक्तिनाथ भ्रमणले धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको उनले विश्वास व्यक्त गरे ।
“धार्मिक सहिष्णुता र दुई देशबीचको ऐतिहासिक सम्बन्ध तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने हाम्रो साझा विश्वासलाई यस किसिमको यात्राले अझ मजबुत बनाएको छ । यस्ता अवसरले दुई देशबीचको मित्रता र सहयोगको भावना थप प्रगाढ बनाउँदै लैजाने छ”, उनले भने, ।
भारतीय विद्युत्मन्त्री खट्टरले नेपाल धार्मिक तथा ऐतिहासिक रूपमा पवित्र भूमि रहेको भन्दै मुक्तिनाथ तथा पशुपतिनाथको दर्शन गर्दा आफूलाई आनन्द महसुस भएको बताए । उनले धार्मिक पर्यटनका क्षेत्रमा नेपालले जोड दिनसके नेपालको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
नेपालको एक प्रमुख धार्मिक तीर्थस्थलका रूपमा रहेको मुक्तिनाथ मन्दिरले भारतका साथै अन्य देशका पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । यस किसिमका उच्चस्तरीय भ्रमणले धार्मिक पर्यटन प्रवद्र्धन हुनुका साथै नेपाल–भारत सम्बन्धमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ । दुई दिने नेपालका भ्रमणका लागि आउनुभएका भारतीय विद्युत्मन्त्री बुधबार साँझ स्वदेश पर्केका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै