कोशी कोरिडर उद्घाटन गर्न भारतीय विद्युत् मन्त्रीले गरे अस्वीकार
कार्यक्रमस्थल हिजो राति नै उठाइयो
जलसरोकार
काठमाडौं : भारतको अनुमति नै नलिईकन जबर्जस्ती कोशी कोरिडर (२२० केभी प्रसारण लाइन) को उद्घाटन कार्यक्रम नेपालको ऊर्जा मन्त्रालयले राखेको भन्दै भारतीय विद्युत् मन्त्री मनोहरलाल खट्टरले उक्त कोरिडर उद्घाटन गर्न अस्वीकार गरेका छन् ।
आज मंगलबार साढे २ बजे उद्घाटन गरिने तय भएको थियाे । तर हिजो बेलुकी ६ बजे नै उद्घाटन नहुने खबर आएपछि नेपाल विद्युत् प्राधिकरणले राति नै कार्यक्रमस्थलकाे मञ्च उठाएको खाँदबारी वितरण केन्द्रका एक कर्मचारीले बताए ।
भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको अरुण तेस्रो र उसले नेपाल सरकारबाट प्राप्त गरेका तल्लो अरुण, माथिल्लो अरुण लगायत अरुण कोरिडरको निरीक्षण गर्न आएका भारतीय विद्युत् मन्त्री खट्टरले आफ्नो भ्रमणको सूचीमा कोशी कोरिडर उद्घाटन नै नरहेको अवस्थामामा उद्घाटन गराउन खोजिएको भन्दै अस्वीकार गरेको नेपाल विद्युत् प्राधिकरण स्रोतले बतायो ।
मन्त्री खट्टरले अरुण तेस्रोको निरीक्षण गरिसकेपछि तुम्लिङटारस्थित उक्त कोरिडरको सवस्टेशनमा नेपालका ऊर्जा मन्त्री दीपक खड्कासहित संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम मन्त्रालयले राखेको थियो स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार प्राधिकरणले उद्घाटनका लागि यावत् तयारी पूरा गरिसकेको थियो ।
मन्त्री खट्टरले यो कोरिडर एक महिनाअघि नै कुलमान घिसिङकै कार्यकालमा उद्घाटन गर्न चाहेका थिए । तर ऊर्जा मन्त्री खड्काले कुलमानलाई हटाएपछि मात्र उद्घाटन गराउने दाउमा थिए । उनले चैत ११ गते कुलमानलाई प्राधिकरणबाट हटाएका थिए ।
भारतीय मन्त्रीले उद्घाटन गर्न अस्वीकार गरेपछि नेपालका ऊर्जा मन्त्री खड्काकाे बेइज्जत भएको चर्चा प्राधिकरणमा छ ।
अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैक दिएका सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको थियो ।
प्राधिकरणका अघिल्ला कार्यकारी निर्देशक घिसिङले यो आयोजना निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
प्राधिकरणका प्रवक्त राजाभाई शिल्पकारले आफूले उक्त कोरिडर उद्घाटन कार्यक्रम स्थगित भएको जानकारी पाएको बताए । ‘किन स्थगित भयो भन्नेचाहिं मेरो जानकारीमा छैन,’ उनले भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा
-
बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने