भारतीय आयल निगमले भन्यो : इन्धनको पर्याप्त भण्डारण छ, चिन्ता गर्नुपर्ने अवस्था छैन
जलसरोकार
काठमाडौं : भारतीय आयल निगमले देशभर इन्धनको पर्याप्त भण्डारण भएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको प्रष्ट पारेको छ । शुक्रवार भारतीय आयल निगमले सामाजिक सञ्जालमा एक्समा पोस्ट गर्दै पर्याप्त स्टक रहेको र आपूर्ति लाइनमा कुनै समस्या नरहेको प्रष्ट पारेको हो ।
पछिल्लो समय भारत र पाकिस्तानबीच युद्धको अभ्यास भइरहेका बेला नेपालमा समेत इन्धन अभाव हुने आशंका भइरहेको छ । उता भारतीय आयल निगमले यस्तो बताएको हो ।
निगमले आत्तिएर चाहिनेभन्दा बढी इन्धन स्टक नगर्न भनेको छ ।
उसले निगमका सबै आउटलेटमा पर्याप्त इन्धन र एलपी ग्यास रहेको जनाएको छ ।
उसले सर्वसाधारणलाई अनावश्यक भिडभाड नगर्न र स्टक नराख्न पनि सुझाब दिएको छ । भारतका विभिन्न शहरमा युद्धका कारण इन्धन आपूर्ति समस्या हुने भन्दै भीड लाग्न थालेपछि यस्तो अपिल जारी गरेको हो ।
नेपालमा खपत हुने इन्धन तथा एलपी ग्यास पनि भारतबाटै आयात हुन्छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विश्व बैंकको प्रतिवेदनः दक्षिण एशियामा वायु प्रदूषण घटाउन व्यावहारिक समाधान सम्भव
-
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकारपछि विद्युत् प्राधिकरणलाई बक्यौता महसुल असुल्ने बाटो खुल्यो
-
भुजुङ हाइड्रोपावरको आईपीओ खुला, प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरण
-
डाडाखेत–राहुघाट प्रसारण लाइन पाँच वर्षमा ७० प्रतिशत काम सकियो
-
जलविद्युत् अभियन्ता कृष्णप्रसाद भण्डारी राष्ट्रिय सभातर्फ नेपाली कांग्रेसबाट सिफारिस
-
सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?