भारतीय आयल निगमले भन्यो : इन्धनको पर्याप्त भण्डारण छ, चिन्ता गर्नुपर्ने अवस्था छैन
जलसरोकार
काठमाडौं : भारतीय आयल निगमले देशभर इन्धनको पर्याप्त भण्डारण भएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको प्रष्ट पारेको छ । शुक्रवार भारतीय आयल निगमले सामाजिक सञ्जालमा एक्समा पोस्ट गर्दै पर्याप्त स्टक रहेको र आपूर्ति लाइनमा कुनै समस्या नरहेको प्रष्ट पारेको हो ।
पछिल्लो समय भारत र पाकिस्तानबीच युद्धको अभ्यास भइरहेका बेला नेपालमा समेत इन्धन अभाव हुने आशंका भइरहेको छ । उता भारतीय आयल निगमले यस्तो बताएको हो ।
निगमले आत्तिएर चाहिनेभन्दा बढी इन्धन स्टक नगर्न भनेको छ ।
उसले निगमका सबै आउटलेटमा पर्याप्त इन्धन र एलपी ग्यास रहेको जनाएको छ ।
उसले सर्वसाधारणलाई अनावश्यक भिडभाड नगर्न र स्टक नराख्न पनि सुझाब दिएको छ । भारतका विभिन्न शहरमा युद्धका कारण इन्धन आपूर्ति समस्या हुने भन्दै भीड लाग्न थालेपछि यस्तो अपिल जारी गरेको हो ।
नेपालमा खपत हुने इन्धन तथा एलपी ग्यास पनि भारतबाटै आयात हुन्छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य