भारतीय विद्युत्मन्त्रीले गरे मुक्तिनाथमा पूजार्चना
जलसरोकार
मुस्ताङ : भारतका विद्युत् तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजार्चना गरेका छन् । उनले साथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पनि मुक्तिनाथको पूजार्चना गरे ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार दुवै देशका ऊर्जामन्त्रीका साथ नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र १६ सदस्यीय टोली मुस्ताङ आएको हो । टोलीलाई मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले टीका र प्रसाद प्रदान गरेका छन् ।
त्यसअघि उक्त टोलीलाई प्रमुख जिल्ला अधिकारी भुसालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिहरूले स्वागत गरेका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव
-
मुस्ताङको चैले र चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु
-
आज देशभर मौसम मुख्यतया सफा