भारतले नेपाललाई बिजुली आयातमा कुनै रोक लगाएको छैन : ऊर्जा मन्त्रालय
जलसरोकार
काठमाडौं : ऊर्जा मन्त्रालयले भारत सरकारले नेपालमा बिजुली निर्यात गर्न कुनै रोक नलगाएको बताएको छ ।
अत्यधिक खपत हुने समय (पिक आवर अर्थात् साँझ ५ देखि बेलुकी ९ बजेसम्म) भारतले नेपाललाई बिजुली नदिएपछि केही सञ्चार माध्यममा प्रधानमन्त्री केपी ओलीको फोटो राखी वर्तमा नसरकारप्रति भारत नकारात्मक सम्बन्धका कारण भन्दै राजनीतिसँग जोडेर आएका समाचारको आज मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी खण्डन गरेको हो ।
'सुख्खा महिनाहरुमा नेपालका जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन घट्न गई भारतबाट विद्युत आयात गरी यहाँको विद्युत माग-आपूर्तिको सन्तुलन मिलाइदै आएकोमा भारतको इनर्जी एक्सचेन्ज बजारबाट खरिद गरिने विद्युत भारतको आफ्नै विद्युत माग बढी भएका कारण पिक आवरमा नेपाललाई उपलब्ध गराउन नसके पनि भारतीय विद्युत व्यापार कम्पनीसँगको सिधा वार्तामा आधारित दुई पक्षीय सम्झौता (पिपिए) मार्फत वा बिड आव्हान मार्फत वा पावर एक्सचेन्ज कमिटी (पिइसि) अन्तर्गत विद्युत आयातका लागि नेपाल विद्युत प्राधिकरणले आवश्यक पहल गर्न सक्ने र त्यसरी विद्युत आयात गर्न कुनै रेक लगाएको छैन', विज्ञप्तिमा छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा