भारतले नेपाललाई बिजुली आयातमा कुनै रोक लगाएको छैन : ऊर्जा मन्त्रालय
जलसरोकार
काठमाडौं : ऊर्जा मन्त्रालयले भारत सरकारले नेपालमा बिजुली निर्यात गर्न कुनै रोक नलगाएको बताएको छ ।
अत्यधिक खपत हुने समय (पिक आवर अर्थात् साँझ ५ देखि बेलुकी ९ बजेसम्म) भारतले नेपाललाई बिजुली नदिएपछि केही सञ्चार माध्यममा प्रधानमन्त्री केपी ओलीको फोटो राखी वर्तमा नसरकारप्रति भारत नकारात्मक सम्बन्धका कारण भन्दै राजनीतिसँग जोडेर आएका समाचारको आज मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी खण्डन गरेको हो ।
'सुख्खा महिनाहरुमा नेपालका जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन घट्न गई भारतबाट विद्युत आयात गरी यहाँको विद्युत माग-आपूर्तिको सन्तुलन मिलाइदै आएकोमा भारतको इनर्जी एक्सचेन्ज बजारबाट खरिद गरिने विद्युत भारतको आफ्नै विद्युत माग बढी भएका कारण पिक आवरमा नेपाललाई उपलब्ध गराउन नसके पनि भारतीय विद्युत व्यापार कम्पनीसँगको सिधा वार्तामा आधारित दुई पक्षीय सम्झौता (पिपिए) मार्फत वा बिड आव्हान मार्फत वा पावर एक्सचेन्ज कमिटी (पिइसि) अन्तर्गत विद्युत आयातका लागि नेपाल विद्युत प्राधिकरणले आवश्यक पहल गर्न सक्ने र त्यसरी विद्युत आयात गर्न कुनै रेक लगाएको छैन', विज्ञप्तिमा छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
रेकर्डपछि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
-
अलपत्र पारिएका सिँचाइका २२ रुग्ण ठेक्का तोडियो
-
नेपाल–कोरिया ऊर्जा सहकार्य अब परियोजना र लगानीको चरणमा : इप्पान उपाध्यक्ष डाँगी
-
२८,५०० मेगावाट लक्ष्य हासिल गर्न कोरियाली लगानी अपरिहार्य : इप्पान अध्यक्ष कार्की
-
नेपाल-कोरिया ऊर्जा सहकार्य अब लगानीको चरणमा, कोरियाली निजी क्षेत्रलाई ‘रेड कार्पेट’