भारतले दियो बंगलादेश बिजुली निर्यातको जश प्रचण्डलाई, ओलीलाई तनाव
जलसरोकार
काठमाडौं : भारत सरकारले नेपालको बिजुली भारतीय ग्रीड हुँदै बंगलादेश पठाएको जश नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।
यो सरकार गठन भएको चार महिना हुन लाग्दा पनि भारत भ्रमणको निम्तो नपाएका प्रधानमन्त्री केपी ओलीलाई तनाव हुने गरी भारतले विज्ञप्ति जारी गरेको हाे ।
नेपालको बिजुली औपचारिक रुपमा बंगलादेश निर्यात भएपछि आज भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी पूर्व प्रधानमन्त्री प्रचण्डले ३१ मे देखि ३ जून, २०२३ मा भ्रमणका क्रममा बंगलादेशमा बिजुली निर्यातसम्बन्धी भारत सरकारले निर्णय गरेको स्मरण गराएको छ ।
‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आफ्नो भारत यात्राका क्रमम नेपालबाट बंंगलादेशसम्मको पहिलो त्रिपषीय विद्युत् कारोबारलाई भारतीय ग्रीडमार्फत ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न सहज बनाउने निर्णय गरेको थियो,’ विज्ञप्तिमा छ ।
विज्ञप्तिअनुसार भ्रमणका क्रममा दुबै पक्षले सबै सरोकारवालाको पारस्परिक हितका लागि अर्थतन्त्रबीचको अन्तर्सम्बन्धकलाई अभिवृद्धि गर्ने ऊर्जा क्षेत्र लगायत थप उपक्षेत्रीय सहयोगप्रति प्रतिबद्धता व्यक्त गरेका थिए ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘ त्यसपछि, एनटीपीसी विद्युत व्यापार निगम, नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर विकास बोर्ड बीच त्रिपक्षीय विद्युत बिक्री सम्झौता ३ अक्टोबर २०२४ मा काठमाडौंमा हस्ताक्षर गरियो ।’
भारत सरकारले नेपालबाट भारत हुँदै बंगलादेशसम्मको यो विद्युत् प्रवाह सुरु भएसँगै विद्युत् क्षेत्रमा उपक्षेत्रीय कनेक्टिभिटी बढाउने अपेक्षा गरिएको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकद्वारा ५ करोड डलर स्वीकृत
-
सुनको मूल्य बढ्यो, चाँदी घट्यो : आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट, ८३ हजार लगानीकर्ताले पाए १० कित्ता
-
विद्युत् मागको एक चौथाइभन्दा बढी आयातबाट, निजी क्षेत्रको योगदान सबैभन्दा ठूलो
-
घलेम्दी हाइड्रोको नोक्सानी बढ्यो, आम्दानी घट्दा दबाब
-
पश्चिमी वायुको आंशिक प्रभाव, उच्च पहाड र हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना