विद्युतीय सवारीमा बढ्यो कर


काठमाडौं – सरकारले विद्युतीय गाडीमा लाग्ने भन्सार शुल्क र अन्तःशुल्क बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा प्रस्तुत गरेको बजेट अनुसार विद्युतीय गाडीमा लाग्ने भन्सार र अन्तःशुल्क बढाएका हुन् । । संघिय संसदमा पेश भएको आर्थिक वर्ष २०८१/८२ को बजेटले करका दरहरु परिमार्जन गरिएको छ ।
यसअघि ५० किलोवाटसम्मका मोटर जडान भएका विद्युतीय कारमा १० प्रतिशत मात्रै भन्सार लाग्दै आएको थियो । यो सेग्मेन्टका कारमा अन्तःशुल्क लगाइएको थिएन । तर, मंगलबार सार्वजनिक भएको बजेटले ५० किलोवाटसम्मका विद्युतीय कारमा भन्सार १५ प्रतिशत र अन्तःशुल्क ५ प्रतिशत लगाएको छ ।
त्यसैगरी यसअघि ५० देखि १०० किलोवाट क्षमता पीकपावर भएका गाडीमा १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लगाइएको थियो । नयाँ बजेटले १०० किलोवाटसम्मका मोटर जडान भएका गाडीमा भन्सार २० प्रतिशत र अन्तःशुल्क १५ प्रतिशत बनाएको हो ।

अहिले १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका मोटर जडान भएका विद्युतीय कारमा २० प्रतिशत भन्सार र २० प्रतिशत नै अन्तःशुल्क छ । नयाँ बजेटले यो सेग्मेन्टमा कर बढाएको हो । नयाँ करका दरमा भन्सार र अन्तःशुल्क क्रमशः ३० र २० प्रतिशत बनाइएको हो ।
त्यस्तै २०१ देखि ३०० किलोवाटसम्मका कारमा यसअघि भन्सार ४५ प्रतिशत र ४० प्रतिशत अन्तःशुल्क रहेकोमा नयाँ बजेटले भन्सार ६० र अन्तःशुल्क ३५ प्रतिशत कायम गरेको छ । ३०१ किलोवाट माथिको मोटर पावर भएका गाडीमा लाग्दै आएको ६० प्रतिशत भन्सार र ५५ प्रतिशत अन्तःशुल्कलाई परिमार्जन गरेर भन्सार ८० प्रतिशत र अन्तःशुल्क ५० प्रतिशत बनाएको हो ।

लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्
-
बुधबार यी नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह