विद्युतीय सवारीमा बढ्यो कर
जलसरोकार
काठमाडौं – सरकारले विद्युतीय गाडीमा लाग्ने भन्सार शुल्क र अन्तःशुल्क बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा प्रस्तुत गरेको बजेट अनुसार विद्युतीय गाडीमा लाग्ने भन्सार र अन्तःशुल्क बढाएका हुन् । । संघिय संसदमा पेश भएको आर्थिक वर्ष २०८१/८२ को बजेटले करका दरहरु परिमार्जन गरिएको छ ।
यसअघि ५० किलोवाटसम्मका मोटर जडान भएका विद्युतीय कारमा १० प्रतिशत मात्रै भन्सार लाग्दै आएको थियो । यो सेग्मेन्टका कारमा अन्तःशुल्क लगाइएको थिएन । तर, मंगलबार सार्वजनिक भएको बजेटले ५० किलोवाटसम्मका विद्युतीय कारमा भन्सार १५ प्रतिशत र अन्तःशुल्क ५ प्रतिशत लगाएको छ ।
त्यसैगरी यसअघि ५० देखि १०० किलोवाट क्षमता पीकपावर भएका गाडीमा १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लगाइएको थियो । नयाँ बजेटले १०० किलोवाटसम्मका मोटर जडान भएका गाडीमा भन्सार २० प्रतिशत र अन्तःशुल्क १५ प्रतिशत बनाएको हो ।

अहिले १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका मोटर जडान भएका विद्युतीय कारमा २० प्रतिशत भन्सार र २० प्रतिशत नै अन्तःशुल्क छ । नयाँ बजेटले यो सेग्मेन्टमा कर बढाएको हो । नयाँ करका दरमा भन्सार र अन्तःशुल्क क्रमशः ३० र २० प्रतिशत बनाइएको हो ।
त्यस्तै २०१ देखि ३०० किलोवाटसम्मका कारमा यसअघि भन्सार ४५ प्रतिशत र ४० प्रतिशत अन्तःशुल्क रहेकोमा नयाँ बजेटले भन्सार ६० र अन्तःशुल्क ३५ प्रतिशत कायम गरेको छ । ३०१ किलोवाट माथिको मोटर पावर भएका गाडीमा लाग्दै आएको ६० प्रतिशत भन्सार र ५५ प्रतिशत अन्तःशुल्कलाई परिमार्जन गरेर भन्सार ८० प्रतिशत र अन्तःशुल्क ५० प्रतिशत बनाएको हो ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने