दुई दिनमा सुनको मूल्य प्रतितोला ३२ सय रूपैयाँ घट्यो
जलसरोकार
काठमाडौं: नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला एक हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो ।
यो दुई दिनमा सुनको मूल्य प्रतितोला ३२ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार पाँच रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।
मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय ६० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला दुई हजार एक सय ४० किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला प्रतितोला २० रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मन्त्री कुलमान घिसिङलाई स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ, अलपत्र आयोजना अघि बढाउने प्रतिबद्धता
-
सुनको भाउले बनायो नयाँ कीर्तिमान, प्रतितोला २ लाख ६० हजार नाघ्यो
-
पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा
-
विद्युत् विस्तारमा ढिलाइ हुँदा ‘उज्यालो गण्डकी’ घोषणा पछाडि
-
चिसो अत्यधिक बढेसँगै विद्युत् उत्पादनमा भारी कटौती
-
काबेली-३ जलविद्युत आयोजना अन्तिम चरणमा, चैतको सुरुवातमै विद्युत उत्पादनको लक्ष्य