उपत्यकाका यी स्थानमा बिहान ८ बजेदेखि २ बजेसम्म बत्ती जाने
जलसरोकार
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नयाँ कन्डक्टर तार जडान गर्न लागेकोले विद्युत् अवरुद्ध हुने भएको छ ।
आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ्ग आयोजनाले स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो तारलाई बदली गर्ने कार्य गर्न लागिएको प्राधिकरणले जनाएकाे छ ।
जसअनुसार वैशाख २९ देखि ३१ सम्म हसनटार फिडर अन्र्तगत सशस्त्र पहरी अगाडिबाट, पाटी चोक, अमरज्योती स्कुल, पुरानो हेल्थ पोष्ट, कष्ण् मन्दिर, नाग मन्दिर, गौतमगाउँ, हुँदै खत्रीगाउँ र छत्रेदेउराली क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।
यस्तै खड्का गाउँ फिडर अन्र्तगत सशस्त्र गेट अगाडि, शालिकचोक, एलआरआइ स्कुल, खड्कागाउँ, पुरानो हिमशिखर स्कुल लगायतका ठाउँमा विद्युत् अवरुद्ध हुनेछ ।
थानकोट फिडर अन्तरगत पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुङ्गेधारा, किटनी भञ्ज्याङ श्रृजनाचोक क्षेत्रमा विद्युत् कटौती हुनेछ ।
त्यसैगरी जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट फिडर अन्तरगत पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुङ्गेधारा, किटनी भञ्ज्याङ श्रृजनाचोक क्षेत्रमा विद्युत् कटौती हुनेछ
बलम्बु फिडर अन्तरगत कलंकी ढुङ्गेअड्डा, आर्केड कोलोनी, तीनथाना, नैकाप, विष्णुदेवी, बोसीगाउँ, हरियाली, सतुंगल, नयाँ नैकाप, चुनदेवी, प्रगतिनगर क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ
-
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने